प्रदेश सांसद समिरले गरे महासंघको भवन निर्माणका लागि बजेट छुटयाउने प्रतिवद्धता

बारा १० जेठ
बारा निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा ख का प्रदेश साँसद महम्मद समिरले शनिवार नेपाल पत्रकार महासंघ बारा शाखाको कार्यालय अनुगमन गरेका छन ।
कलैया स्थित मर्मत संम्भारको पर्खाईमा रहेका महासंघको भवन प्रदेश साँसद समिरले अनुगमन गरेका हुन । प्रदेश साँसद समिरले आर्थिक बर्ष २०८२/८३ सालको संसदिय बिकास कोषबाट महासंघको भवनलाई सुविधा सम्पन्न भवनको रुपमा बिकास गर्नका लागि आफुले मधेस प्रदेश सरकारबाट रकम बिनियोजन गराउने बताए ।
भवन भएपनि जिर्ण हुदै गएको अवस्थामा पत्रकारहरुलाई कुनै कार्यक्रम गर्नु परेपनि अरु कहाँ धाउनु पर्ने बाध्यताको सृजना भईरहेको कुरा मलाई महसुस भएको छ । त्यसैले पत्रकारहरुलाई सजिलोको लागि महासंघको भवनलाई सुविधा सम्पन्न भवन निर्माणमा मेरो पुर्ण सहयोग रहने प्रतिवद्धता प्रदेश साँसद समिरले गरेका थिए ।
आफु पत्रकारहरुसंग नजिक भएर काम गरेर अनुभव रहेको हुदा पत्रकारहरुको पिडा मलाई राम्ररी थाह रहेको हुदा निकट भविश्यमा आफनै भवनबाट सबै कामकाज गर्ने सम्मको प्रवन्ध मिलाउनका लागि कुनै कसर बाकी नराख्ने प्रदेश सांसद समिरले भने ।
अनुगमनको क्रममा प्रदेश साँसद समिरले पत्रकारहरुलाई गाडी पार्किङ गर्न समस्या रहेका हुदा सो समस्यालाई पनि हल गर्नेका लागि महासंघका पदाअधिकारी संग छलफल गरि समस्याको समाधानका लागि पहल गर्ने जानकारी दिए ।
अनुगमनका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले प्रदेश साँसद महम्मद समिरले महासंघको भवनलाई निर्माण गर्नका लागि बजेट विनियोजन गराउने गरेको प्रतिवद्धताले पत्रकारहरुको मनोवल उच्च भएको बताएका थिए । 
प्रदेश साँसद महम्द समिरले महासंघको भवन निर्माण गराउने गरेको घोषनालाई महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले स्वागत गर्दै अगामी दिनमा पनि यहाँसंग सहयोग निरन्तर पाउनेमा आफु आसावादी रहेको बताए ।






