सत्य निश्पक्ष समाचार आजको आवश्यकता , नगर प्रमुख बिनोद साह

रामबाबु मेहता , कलैया,
बारा जिल्ला बाट प्रकाशित हुने मिलन राष्ट्रिय दैनिकको पाँचौ बार्षिक समारोह बिहिवार कलैयामा सम्पन्न भएको छ । बाराको उधोग बाणिज्य संघको सभा हलमा आयोजित पांचौ बार्षिक समारोहलाई एक कार्यक्रम बिच कलैया उपमहानगरपाकिकाको नगर प्रमुख बिनोद साहले उदघाटन गर्दै पत्रकार जगत राष्ट्र कै ऐना भएकोले समाजलाई सहि दिशा बोध हुने गरि समाचार सम्प्रेषण गर्नुपर्ने धारणा ब्यक्त गर्नु भएको छ । देशको चौथो अंङ्गको रुपमा प्रेस जगतलाई लिइएको भएपनी पत्रकारिता क्षेत्रमा बढेको बिकृती र बिंस्ंगतिलाई न्यूनीकरण गर्दै आउने पिढिको लागि पत्रकारिता जगतले ठूलो भुमिका खेल्नु पर्ने आवश्यक रहेको उहाले बताउनु भयो । आफू नगर प्रमुखमा निर्वाचित भए देखि दुईवटा कामलाई प्राथमिकतामा राखेर काम गरेको कलैया उपमहानगरपालिकालाई भ्रष्टाचार मुक्त र कलैया बजार ब्यवस्थित गर्नुपर्ने काम गरेर आम नागरिकलाई देखाएको जिकिर गर्नु भएको थियो । तथ्यहिन समाचार प्रकाशनले कसैको चरित्र हत्या हुने भएमा त्यस्ता पत्रकारलाई आचारसंहिताको पाठ महासंघ बाराले सिकाउनु पर्नेमा जोड दिनु भएको थियो । पाचौ बार्षिक समारोहलाई सम्बोधन गर्दै बाराको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आवाज बिहिनको आवाज बनेर पत्रकारिता क्षेत्रमा कलम चलाउनु प्रने बताउनु भयो । समाजको बिकृती , बिंस्ंगतीलाई चिर्दै असल समाज निर्माणकार्यमा प्रेस जगतको भुमिका अगाडि हुनु प्रने बताउनु भयो । पत्रकारिता क्षेत्र भनेको स्वतन्त्र हुनु प्रने बताउदै कसैलाई पुर्वाग्रह हिसाबले समाचार सम्प्रेषण गर्नु ,आचारसंहिता बिपरित रहेको टिप्पणी गर्नु भएको थियो । मिलन राष्ट्रिय दैनिकको प्रकाशक बृजमोहन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटी , नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष रामबाबु मेहता , पुर्व उपाध्यक्ष राकेश पाण्डे , रेडियो नेपाल बाराको प्रतिनिधि सिकेन्द्र पासवान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मिलन राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक नरेश गुप्ताले स्वागत मन्तव्य तथा संचालन प्रबन्ध निर्देशक पन्नालाल दासले गर्नु भएको थियो ।

उक्त अवसरमा पत्रिका कार्यकारी सम्पादक नरेश गुप्ता, प्रबन्ध निर्देशक पन्नालाल दास र प्रकाशक बृजमोहन कुशवाहालाई प्रमुख अथिति र बिशिष्ट अथितीहरुले सम्मान पत्रबाट सम्ममनित गरेका हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close