बारा प्रहरी द्वारा मासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले मासिक प्रगति विवरण र्साजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराले एक महिनामा विभिन्न घटनाहरुको प्रगति विवरण एक कार्यक्रम बीच सार्वजनिक हो ।बाराको पचरौता नगरपालिका वडा नं.१ स्थित पिपरपाती बोडर नजिक पचरौता नगरपालिका वडा नं.१ पिपरपाती बस्ने जंग बहादुर सिंहको छोरा ३५ वर्षीय अमरेश कुमार सिंहको धारिलो हतियार प्रयोग गरि हत्या भएको थियोे ।
पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा न. ०१ बस्ने वर्ष ३५ को सामलाली भन्ने श्याम लाल महतो कोईरी,५६ वर्षीय शम्भु साह कलवार र भारत जिल्ला पुर्वि चम्पारण मोतिहारी ग्राम पञ्चायत झझरा बस्ने २१ वर्षीय राहुल साह कानु रहेका थिए ।
सोही गाउँका ५५ वर्षीय गोपिचन महतो कोईरी ,२७ वर्षीय मन्टु महतो कोईरी,२५ वर्षीय पिन्टु महतो कोईरी र भारत जिल्ला पुर्वि चम्पारण मोतिहारी ग्राम पञ्चायत झझरा बस्ने २५ वर्षीय राजु शाह फरार प्रतिवादी रहेका छन् ।घटनाको मुख्य कारण अनैतिक सम्बन्ध रहेको थियोे भने पचरौता नगरपालिका वडा न. ०१ बस्ने ३५ वर्षीय सामलाली भन्ने श्याम लाल महतो कोईरीको घरबाट रगत लागेको चक्कु एक थान र बखु एक थान बरामत घटनामा प्रयोग भएको दसि प्रमाणहरू रहेको थियोे ।
नेपाल–भारत सीमाभन्दा करिब ७ सय मि. नेपालतर्फ बाराको पचरौता नगरपालिका ६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक भारत जिल्ला मोतिहारीको दर्पा थाना–१ सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा २२ वर्षीय अजित कुमार सिंहको गोली प्रहार गरी हत्या भएको थियोे ।
मृतक अजित कुमार सिंहसँगै भारतको मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह लगाएत सोही गाउँमा बस्ने २४ वर्षीय चञ्चल पाञ्डे, वर्ष २२ को मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी दुईवटा अन टेस्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेका थिए ।
बाराको पचरौता नगरपालिका वार्ड नम्बर ६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिकमा पुगेपश्चात सँगै एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरी सोही अन टेस्ट मोटरसाईकलमा भारततर्फ भागेका थिए ।
उक्त घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद गरिएको थियोे । सो घटनाको मुख्य योजनाकार भारतको मोतिहारी जिल्लाको दर्पा थाना–१ सुक्लहिया बस्ने २३ वर्षीय मृतकको पत्नी सोनम सहनी सिंह पक्राउ परेकी छिन् ।
करिब ३ वर्षअघि भारतको घोडासनमा मृतक र आरोपित मिलेर सुन लुटपाट गरेका थिए । सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद भएको अनुसन्धानबाट पुष्टि भएको छ । सुन बेचेर आएको रकम उनीहरुले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएका थिए ।
सुजित कुमार सिंहको मृतकको पत्नी सोनम सहनी सिंहसँग अनैतिक सम्बन्ध रहेको थियोे । समुहको नायिके बन्न नयाँ सदस्य थप्ने र पुराना सिध्याउने पोलिसी रहेको थियोे ।
त्यसैगरी बाराको फेटा गाउँपालिका वार्ड नम्बर १ भलुही चोक नजिक प्र.२–०३–०१७ प ९७५० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वार्ड नम्बर २३ मा बस्ने ३३ वर्षीय श्रीभगवान पटेल घटना स्थलमै मृत्यु भएको थियोे ।
ठक्कर दिने ई–रिक्सा र मोटरसाइकल फरार रहेकोले कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दा घटनामा संलगन सवारी र चालकलाई असोज ४ गते ना १ ह ३८७७ नम्बरको ई–रिक्सा र चालक बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी बस्ने ३५ वर्षीय सुधन दास र प्रदेश २–०३–०२२ प ४५४६ नम्बरको कालो रंगको १६० सिसि को एन यस मोटरसाइकल चालक कलैया –१ गाँउमा बस्ने वर्ष २२ को सनी कुमार शाह पक्राउ परेका थिए ।
राजश्व संकलन भदौ २५ गते देखि हाल सम्म भन्सार छलिका समान बोकेका ट्रक र अन्य समानहरू नियन्त्रणमा लिई रू.पाँच करोड सत्तरी लाख छत्तीस हजार चार सय बाउन्न रूपैया बराबरको माल समान पक्राउ गरि भन्सार दाखिला गरेको छ ।
भन्सार छलिमा प्रयोग सवारी साधन ट्राक – ११ वटा,भन्सार छलिमा संलग्न मानिस ८ जना पक्राउ गरेको छ ।
नष्ट अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय,बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीद्वारा अबैध मदिरा भट्टी नष्टमा कच्चा पदार्थ– १ लाख ७७ हजार १ सय ५० लिटर मुल्य रू १ करोड ६ लाख उनन्तीस हजार रुपैया र तयारी मदिरा– २० हजार ३ सय ९० लिटर मुल्य २० लाख ३९ हजार बराबरको अबैध मदिरा नष्ट गरेको छ ।
बारामा ६८ वटा भट्टि नष्ट भएको छ भने ड्रम २ सय १६ र मेशिन २३ थान बरामद गरेको छ ।बारा प्रहरीले महागढिमाई नगरपालिकाको गंजभवानीपुरबाट गाँजा सहित गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्सका चालक भारतीय नागरिक ३२ बर्षिय रामविश्वास पास्वान पक्राउ गरेको छ ।
बारा प्रहरीले महागढीमाई नगरपालिका वडा नम्बर ६ स्थित खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा प्र २–०३–०२२ नम्बरको मोटरसाइकलमा २९ केजी गाँजा ल्याउँदै गरेका ब्यक्ति गाँजाको बोरा फालेर भागेका थिए।मोटरसाइकललाई खोज्दै जाँदा माहागढिमाई नगरपालिकाकै वडा नम्बर ११ मधुरी टोलको बासँ घारीबाट उक्त मोटरसाइकल पनि बरामद गरिएको थियोे ।उक्त गाँजा नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्ले ले बताए ।
महागढिमाई नगरपालिका वडा नं. ७ मिश्री प्रसाद यादवको घरमा लुकाई छिपाई राखेको अबैध लागु औषध गाँजा दुई सय पच्चिस किलो ग्राम बरामद गरी यस कार्यालयमा ल्याइएको थियोे भने सिहो महागढिमाई नगरपालिका वडा नं. ११ मधुरीटोल बस्ने पल्टु यादवको छोरा वर्ष ३२ को मुनिलाल यादवको घरमा लुकाई छिपाई राखेको अबैध लागु औषध गाँजा दश किलो सहित मानिस नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइ रहेको काफ्ले ले बताए ।
दुई थान चोरीको BR२H-०३०७ सेतो रंगको बलोरो र BR २२ पि -९३१६ सेतो रंगको बलोरोलाइ बारा प्रहरीले नियन्त्रण लिइएको छ ।
यसैगरी बाराको परवानीपुर गाउँपालिका ५ गण्डक नहर स्थित सडक खण्डमा विरगंजबाट कलैया तर्फ आउदै गरेको ना.१६ प ४०१६ नं.को मोटरसाइकल चेकजाँच गर्दा पर्साको बिरगंज ३ मा बस्ने वर्ष ४० को राजेश साह सोनारले मोटरसाइकलमा लुकाई छिपाई राखेको ४ किलो चाँदीको गर–गहनाहरु मूल्य ५ लाख रुपैया बराबरको चाँदीसहित पक्राउ परेका थिए ।चाँदीको गर–गहनाहरु पक्राउ गरी राजश्व कार्यालय बुझाएको थियोे ।अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवना तोकेको १४ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।






