कुशवाहा कल्याण समाजको ७ औं केन्द्रिय महाधिवेशन आजबाट बारामा शुरु


रामबाबु मेहता
नेपाल कुशवाहा कल्याण समाजको ७ औं केन्द्रिय महाधिवेशन भब्यताकासाथ आजबाट बाराको भलुहीमा शुरु भएको हो । महाधिवेशनलाई एक कार्यक्रमका बीच संघीय सांसद लक्ष्मी महतो कोईरीले उदघाटन गरेका हुन ।

दुई दिन सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कुशवाहा कल्याण समाजका अधिवेशन मिडिया संयोजक शम्भु कुशवाहाले जानकारी गराए ।
अब कम खाई अपन बच्चाके पढाइ भन्ने नाराका साथ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सकिने आयोजकले जनाएको छ ।

समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोको अध्यक्षतामा सम्पन्न सो उदघाटन कार्यक्रममा प्रमुख अतिथि सांसद लक्ष्मी महतो कोईरीले आआफ्ना बालबालिकालाई आफू भोकै बसेर भएपनी पढाउन सहभागीहरुलाई आग्रह गरे । कार्यक्रममा कलैया स्थित मनोकामना स्कुलका छात्र छात्राहरुले बिभिन्न किसिमका संगितीक कार्यक्रम गरेका थिए ।

सो कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन महतो, पुर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहा,संविधानसभा सदस्य शिवचन्द्र कुशवाहा, रामचन्द्र प्यासी गोपाल सेवा समिति बाराका अध्यक्ष जङ्गबहादुर यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमको संचालन सागर कुशवाहाले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close