म माथी अन्याय भयो ,अदालतले न्याय दिने छः मधेश काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्याय

शुभम सन्देश बारा । पत्रिकामा सूचना प्रकाशित नगरी पोखरी ठेक्का लगाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि केएस मल्टिप्रपोजका अध्यक्ष एवंम मधेश प्रदेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष कमलकुमार उपाध्यायले आफूमाथि अन्याय भएको बताएका छन ।
आयोगले विज्ञापन एजेन्सीमार्फत प्रक्रियासम्मत रुपमा काठमाण्डौंबाट प्रकाशन हुने प्रभाव दैनिक पत्रिकामा छापिएको विज्ञापनको बारेमा एजेन्सीको अध्यक्षको रुपमा आफूमाथि आधार र प्रमाण बिना नै मुद्दा दायर गरिएको र विशेष अदालतले न्याय दिने उनको भनाई छ । ‘मैले अख्तियार दुरुपयोग हुने र कुनै गैह्कानुनी कार्य गरेको छैन, उनले भने, अदालतले न्याय दिन्छ भन्ने विश्वास छ ।’ उनले अदालतमा हाजिर भएर आफूले चाडै नै मुद्दाको प्रतिवाद गर्ने पनि बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

ट्रेन्डिङ

Close
Back to top button
Close