कलैया,सिम्रौनगढ ,लगायत बाराका अन्य पालिकाका विद्यालयमा शुक्रबारसम्मका लागि विदा

रामबाबु मेहता, १८ पुष ।
आजदेखि अचानक अत्यधिक जाडे पडन थालेपछि बाराको कलैया,सिम्रौनगढ,महागढीमाई न.पा. र देवताल गाउँपालिका लगायतको स्थानिय सरकारले विद्यालयमा शुक्रवार सम्म विदा दिएको छ ।

चिसो र हुस्सुका कारण अचानक शितलहर बढेपछि कलैया उपमहानगर पालिका लगायत अन्य पालिकाले भोलीदेखि मंगलवार देखि शुक्रबारसम्मका लागि विद्यालयमा विदा दिएको हो ।

उपमहानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख प्रशासकीय अधिकृत प्रहलाद वणर्वालले सोमबार साँझ एउटा सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूणर् सामुदायिक र संस्थागत (निजी) विद्यालयमा शुक्रबारसम्म लागि विदा दिइएको जनाएका छन् ।


प्रशासकीय अधिकृत वणर्वालले जारी गरेको सूचनामा मौसम प्रतिकुलताका कारणबाट बालबालिकाहरुलाई नियमित विद्यालयमा पठनपाठन गर्न असहज हुँदै गएकोले मिति २०७९ पुष १९ गते मंगलबारदेखि २०७९ पुष २२ गते शुक्रबारसम्मका लागि हिउँदे विदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिएको उल्लेख छ ।
यस्तै पर्सा जिल्लामा पनि बीरगंज महानगरपालिकाले पनि शुक्रबारसम्मका लागि सम्पूणर् विद्यालय बिधालयको पढनपाठन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close