रसिद नै नकाटी बिधार्थी संग लाखै रुपया उठाउदै ३ चन्द्र मा वि का प्रअ गिरी

जेठ ३१,बाराको सदरमुकाम कलैया स्थित रहेको श्री ३ चन्द्र उच्च माध्यमिक बिधालयमा रसिद नै नकाटी बिधार्थिबाट वार्षिक लाखौ रकम बुझिएको रहसय खुलेको छ । यसै बीच कलैया उपमहानगर पालिकाका मेयर बिनोद साहको नेतृत्वमा मंगलवार सोही बिधालयमा अनुगमन टोली पुगेर अनुगमन गरेको छ । अनुगमनको क्रममा सो बिधालयका प्रधानाध्यापक नरेन्द्र गीरीको आदेशमा अग्रेजी माध्यममा अध्यनरत बिद्यार्थीहरु संग मनोमानी ढंगले रसिद नकाटी कक्षा ६ देखि ९ सम्म प्रति बिधार्थि संग दुइ सयका दरले शैक्षिक सत्र २०७८मा भर्ना शुल्क ४० हजार , र परिक्षा पिछे कक्षा ६ देखि ९ सम्म प्रति बिधार्थी ३ सयका दरले ४ सय पचास जना बिधार्थि संग परिक्षा शुल्क १ लाख पैतीस हजार बिधालयले लिने गरेको देखिएको छ तर रकम तिरे बापतको रसिद नदिइएको बिधार्थिहरुले अनुगमनकर्ता सामु नै गुनासो गरेका छन् ।
बिधालयले बितेको बर्ष २०७८ साल देखि अग्रेजी माध्यम बाट कक्षा ६ देखि ९ सम्मका बिद्यार्थीलाई पठनपाठन गराउदै आएका छन । बिधालयले कक्षा ७,८,९ मा अध्ययनरत बिधार्थी संग सात सय देखि ९ सय को दरले मांसिक शुल्क लिइएको बिद्यार्थीहरुले बताएका छन् । त्यसैगरी कक्षा ११ को बिद्यार्थी संग रु १ हजार १ सय परीक शुल्कको नाममा रकम लिइएको बिद्यार्थीले गुनासो गरेका छन । यता बिधालयको प्रधानाध्यापक नरेन्द्र गिरिले अग्रेजीमाध्यममा कक्षा संचालन गरे बापत शिक्षकलाई तलब दिन र परिक्षा सञ्चालनका लागि रकम लिइएको स्वीकार गरेका छन । बिधालय ब्यवस्थापन समितिको बिना निणर्यले बिधालयले दुई बर्ष देखि रकम असुल्दै आएको गुनासो अभिभावक र बिद्यार्थी बाट आएपछि नगर प्रमुख साहले सो बिधालयमा मंगलबार यथार्थ पता लगाउन पुगेका थिए । बिधालय अनुगमनको क्रममा नगर प्रमुख साहले अग्रेज माध्यम बाट संचालन गरिएको कक्षाको सम्पुणर् बिवरण रकम बुझेको बिवरण सार्वजनिक गर्ननिर्देशन दिनु भएको छ । बिधालय अनुगमानमा प्रमुख प्रशासकिय अधिकृत नाथु साह , शिक्षा शाखा प्रमुख प्रहलाद बणर्वाल ,नगर शिक्षा अधिकारी बिजय अधिकारी र संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।