सिम्रौनगढमा ४महिला सहित ६८ जनाले गरे रक्तदान

उमाकान्त कुशवाहा,सिम्रौनगढ । विश्व रक्तदाता दिवसको अवसरमा बल्ड बैंकमा रगतको कमीलाई पुर्ती  गर्न  आज बाराको सिम्रौनगढमा रक्तदान कार्यक्रम सम्पन्न  भएको छ ।                सिम्रौनगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा सप्पन्न सो रक्त दान  ४ जना महिला सहित ६८ जनाले रक्तदान गरेको उधोग बाणिज्य संघ सिम्रौनगढका अध्यक्ष  लालबाबु कुशवाले जनाएका हुन ।

रक्तदान गर्नेहरूमा मुकेश कुमार महतो, चन्दन शर्मा उमाकान्त कुशवाहा,राजकुमार गुप्ता, सुधीर कुमार, सन्दीप कुमार, राकेश कुमार, महेन्द्र कुशवाहा, शान्ती देवी नुनिया, बबिता देवी, बबिता साह, ज्योती कुशवाहा लगायतका व्यक्तिहरू रहेका छन् ।  वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणाले सो रक्तदान कार्यक्रमको उदघाटन गर्नुभएको थियो । नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा भएको  रक्त दान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाराका उपाध्यक्ष शम्भु प्रसाद कुशवाहाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सनातन धर्म रक्षा मञ्च सिम्रौनगढका अध्यक्ष ओम प्रकाश ठाकुरले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close