सिम्रौनगढमा मेहताको अध्यक्षतामा निः शुल्क स्वास्थ्य शिविर

मुकेश मेहता,
बाराको सिम्रौनगढ ७ स्थित कंकाली मा. वि. मा बिवेक मेहताको अध्यक्षतामा एक दिने निशुल्क स्वास्थय शिविर सम्पन्न भएको छ । उक्त निः शुल्क स्वास्थ्य शिविरलाई उदघाटन गर्दै प्रमुख अतिथी सिम्रौनगढ नगरपालिकाको मेयर किशोरी प्रसाद कलवारले गर्नु भएको छ । शिविरको उदघाटन गर्दै मेयर कलवारले स्वास्थ्य नै हाम्रो अमुल्य धन हो यसलाइ यस्तै खेर जानू हुदैन बेला बखतचेक जाँच गराई रहनु पर्दछ ।कुनै पनि रोग लुकाउनु हुनु हुदैन । रोगलाई जति लुकाए त्यो उति बिकराल रुप लिन्छ र अकालमै मृत्यु पनि हुन सक्छ । नगरपालिका मा आफु मुलत तीन कुरालाई बढी प्राथमिक्तामा राखेका छौ ,शिक्षा ,स्वास्थ्य र कृषी यी तीन वटै कुराको विकासले मात्र अरु विकास सम्भव हुन सक्ने छ । विधालयमा शिक्षकको कमीलाई पूरा गर्ने ,बिधालय ब्यवस्थापन समितिको चयनमा विशेष ध्यान दिदै कृषकहरुकोलागि मल बीउ उपलब्ध गराउने र सिचाईकोलागी कृषि मिटरमा लाग्ने रकम निः शुल्क गरेको सर्वबिदितै रहेको मेयर कलवारले बताउनु भएकोछ ।

सिम्रौनगढ नगरपालिका ७ को वार्ड अध्यक्ष बिवेक मेहताको अध्यक्षतामा भएको यो स्वास्थ्य शिविरमा ईन्टरनल मेडिसिन ,नवजातशिशु तथा बाल रोग,नशा तथा हार्ड जोणर्ी , जेनेरल लेप्रोसकोपी सर्जरी र प्रस्तुती तथा स्त्री रोग सम्बन्धि चेक जाँच भैइ औषधि बितरण गरियो । सिम्रौनगढ नगरपालिका वार्ड न. ७ को आयोजना र स्पर्श स्पेस्लिटी होसपिटल बिरगन्जको सहयोग र वार्ड अध्यक्ष बिवेक मेहताको पहलमा यो शिविर सन्चालन भएको जनाईयेको छ । डा. महेश्वर प्रसाद कुर्मी को नेतृत्व मा डा. निवेश पाल रमण ,डा. नितेश कणर् , डा. बबिता चौधरी , डा. पवन चौरशिया लगायेतका १६ जनाको टिमको सहभागिता रहेको थियो । सिम्रौनगढ नगरपालिका ८ को वार्ड अध्यक्ष रामदिनेश प्रसाद यादवले स्वागत गरेको उदघाटन शत्रमा सामाजसेवी राजकपुर मेहता, रामेकवाल प्रसाद यादव ,दिनदयाल मुखिया जङ्गबहादुर यादव उधोग वाणिज्यसंघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहा ,रामबाबु कुशवाहा लगायत सञ्चारकर्मी र स्थानियहरुको सहभागिता रहेको थियो । सो शिविरमा साढे चार सय महिला पुरुषहरुको स्वास्थ्य जाँच र औषधी वितरण गर्नुको साथै सात जना पाठेघरमा गमभिर समस्या रहेको महिलाहरुलाइ निशुल्क शैलकृया गराउन काठमाडौं पठाइएको उपमेयर नजमु शेहरले जानकारी गराईन ।






