भारतिय प्रहरीलाई झुक्याउदै नेपाली गाँजा तस्कर फरार

मोतिहारी (भारत), २ फागुन । भारत–नेपाल सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहित पक्राउ परेका नेपाली तस्कर भारतीय प्रहरी हिरासतबाट फरार भएका छन् ।
भारत विहार राज्यको पूर्वी चम्पारण जिल्ला क्षेत्रमा पर्ने भारत–नेपाल सीमावर्ती क्षेत्रबाट सीमा सुरक्षा बल (एसएसबी) ले हिजो विहिवार बिआर १ पिबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा भारततर्फ लागिरहेको अवस्थामा नियन्त्रणमा लिएका थिए ।
भारतीय नम्वरको गाडीबाट ४३ किलोग्राम लागुऔषध गाँजा सहित नेपाल रौतहट मौलापुर नगरपालिका पिपरा गाउँका २५ बर्षीय लक्ष्मीनारायण साहलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि झरौखर थानालाई बुझाएको थियो ।
गाँजा तस्करीमा पक्राउ परेकालक्ष्मी नारायण साह आज बिहान  शौच गर्ने बहानामा झरौखर थानाका प्रहरीलाई चकमा दिएर उम्किन सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् । आज बिहान ६ बजे शौच गराउन झरौखर थाना छेउको चौरमा लागिएको झरौखर थानाका चौकीदार र प्रहरीलाई झुक्याएर नेपाली सीमातर्फ भागेको भारतीय प्रहरीले जनाएको छ ।

गाँजा तस्कर लक्ष्मी नारायण साह शुक्रबार बिहान शौच गर्ने बहानामा झरौखर थानाका प्रहरीलाई चकमा दिएर उम्किन सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् । आज बिहान ६ बजे शौच गराउन झरौखर थाना छेउको चौरमा लागिएको झरौखर थानाका चौकीदार र प्रहरीलाई झुक्याएर नेपाली सीमातर्फ भागेको भारतीय प्रहरीले जनाएको छ ।
झरौखर थानाबाट नेपाली सिमाको दशगज्जा बढीमा पाँच सय मिटर उत्तरमा पर्दछ । उनी भागेपछि थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको पूर्वी चम्पारण जिल्ला प्रहरी कार्यालय मोतिहारीले जनाएको छ ।
मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार बिना हतकडी शौच गराउन खुला चौरमा लागेका चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डिएसपी धीरेन्द्र कुमारको नेतृत्वमा घटनाको अनुसन्धान गर्न छानविन समिति बनाएर छानविन सुरु गर्ने आदेश दिएको छ ।
साहमाथि झरौखर थानामा एफआइआर तत्काल दर्ता गरिएको एसपी प्रभातले जानकारी दिए । यस्तो एफआइआर मुद्दामा अदालतबाट जमानत नपाइने व्यवस्था रहेको उनले बताएको मिडिया रिपोर्टमा उल्लेख गरिउको छ ।

मिडिया रिपोर्टका अनुसार आर्थिक चलखेलको आधारमा गाँजा तस्करलाई भगाउनमा झरौखर थाना प्रभारी सई अभय कुमार सिंहको भुमिका संदिग्ध रहेपनि चौकीदार निलम्बन गरिएको छ ।
एजेन्सी≈
आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close