२६ वर्ष पुरानो मुद्दामा राज बब्बरलाई २ वर्षको जेल सजाय

राज बब्बरलाई २६ वर्ष पुरानो मुद्दामा अदालतले सजाय सुनाएको हो । तर, यस मुद्दामा अदालतले उनलाई अन्तरिम जमानत पनि दिएको छ । अब उनले राहत पाएको ३० दिनभित्र माथिल्लो अदालत जानुपर्नेछ । फैसला सुनाउँदा राज बब्बर अदालतमा उपस्थित थिए । उनले उक्त निर्णयलाई उच्च अदालतमा चुनौती दिने बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस




