प्रतिक्षालय उदघाटन गर्दै असल र निडर भई सेवाप्रवाहमा अनावश्यक झन्झट सृजना नगरौ – प्रउ काफले


दास पन्नालाल
बारा –
बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश प्रसाद काफलेले सेवाप्रवाहमा यस ईलाका प्रहरी कार्यालयबाट हुन सक्ने समस्यालाई यहिबाट समाधान गर्न र अनावश्यक झन्झट सृजना गर्न जिल्ला नपठाउन मातहदका प्रहरी युनिटलाई निर्देशन दिएका छन्। शान्ति सुरक्षाको कर्तव्य पालनमा असल र निडर भई व्यवहारिक हुन पनि उनले निर्देशन दिएका थिए। प्रहरी र समुदायको हातेमाले सदैव आवश्यक रहेको औल्याउदै सहयोगि दाताप्रति कृतज्ञता व्यक्त गरेका थिए। न्यायिक समितिबाट हुने सेवा स्थानिय स्तरमै समाधान गर्न प्रउ काफलेको जोड थियो।
बाराको आदर्श कोतवाल गाँउपालिका स्थित ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श( चिउटाहा) को हाताभित्र व्यवस्थित प्रतिक्षालयको सोमवार प्रउ काफले द्धारा एक कार्यक्रम बीच उदघाटन गरिएको छ। स्थानिय दाताको सहयोगमा सो प्रतिक्षालय निर्माण सम्पन्न गरिएको हो। सेवाग्राही तथा अतिथिसँग खुला रुखमुनि छलफल गर्ने कठिनाई र असहजताको अन्त्य भएको छ। कार्यक्रममा बोल्दै वक्ताले प्रतिक्षालय मात्रै नभई स्थानियको सहयोगमा प्रहरीको भवन समेत पनि सहयोगि मन र दाताले बनाएको जानकारी गराएका थिए।
सो अवसरमा आदर्शकोतवाल गापाका प्रेस सल्लाहकार सिकेन्द्र पासवान लगायत वडाअध्यक्षले मन्तव्य व्यक्त गरेका थिए। गाँपालिका उपाध्यक्ष मिरा देवी , वडाअध्यक्ष, जनप्रतनिधि लगायत स्थानिय व्यक्तिको उपस्थिति रहेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close