सेवाग्राहीलाई अनावश्यक दुख दिदै जिल्ला प्रशासन कार्यालय बारा
प्रशासकीय अधिकृत अनिताको फटहई ब्यवहारले सबै चिन्तीत

, रामबाबु मेहता, २६ असार
जिल्लाको शान्ति सुरक्षा देखि जिल्लाभरी शुसासन कायम गराउन र गलत गर्नेलाई कानुनको दायरामा ल्याई कानुनी कार्वाही गराउन तथा पिडितलाई न्याय तथा भ्रष्टाचार नियन्त्रण , बजार अनुगमन लगायका कार्यगर्ने साथै नगगरिकता ,राहदानी र राष्ट्रिय परिचय पत्र दिने निकाय नै जिल्ला प्रशासन कार्यालय रहेको छ । तर जिल्ला प्रशासन कार्यालय बाराका केही कर्मचारी पञ्चायती कालकै पारामा सेवाग्रहीलाई थार्काउने कसैको निवेदन नै फाली दिने कागजातमा समेत बिभिन्न बहाना बनाई सेवाग्रहीलाई अनाहकमा दुख दिने गरेको दिनहु सेवाग्राही ले दुखेसो पोख्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय बारामा सेवाग्राहीले काम गराउन नागरिकता लिन, नागरिकताको प्रतिलिपि लिन , राष्ट्रिय परिचयपत्र लिन , राहदानी बनाउन लगायत बिभिन्न किसिमको मुद्दा गर्ने गरीन्छ । नागरिकताको प्रतिलिपी लिन जाँदा पुरानो डाटाहरु सुरक्षित नभएकोले एक दिनको सट्टा एक हप्ताभन्दा बढि धाउनु परेको सेवाग्राहीले गुनासो गरेका छन्। भने त्यस फाँटका जिम्मा लिएका प्रशासकीय अधिकृत अनिता राज लवटले सेवाग्राहीलाई सधै पञ्चायती काल जस्तै अनाहकमा दुख दिने,ढाठेर बोल्ने, आफु मालिक र सेवाग्रहीलाई नोकर जस्तै ब्यवहार गर्ने गरेको सेवाग्रहीले बताउछन् । यस्तै सोही फाटमा काम गर्ने सुबा देखि कार्यालय सहयोगी लगायतका क्रमचारीहरुलाई केहि पैसा दियौ भने दुई दिन मै सबै काम सकिने गुनासो महागढिमाई नगरपालिका वडा नं ९ का पन्नालाल दासले बताएका छन्।
नागरिकताको प्रतिलिपि लिन वा नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय बारामा वडा कार्यालयबाट सिफारिस लिई जाँदा पनि त्याहाँको प्रशासकीय अधिकृतहरुले दुःख दिने नियतले सर्जमिन काट्ने गरेको गुनासो सिम्रौनगढ नगरपालिका बस्ने शन्नि गुप्ताले गरेका छन्। गुप्ताको अनुसार प्रतिलिपि फारम र नयाँ नागरिकता फारममा वडा कार्यालयको सिफारिस रहेतापनि किन सर्जमिन काट्नु पर्यो । जब सर्जमिन नै काट्नु पर्ने भए संविधान सँशोधन गरी वडा कार्यालयको अधिकार कटौती गरी आफुखुशी काम गर्दा नै हुने थियो। भनि प्रश्न समेत गरेका छन्।
यस्तै जिल्ला प्रशासन कार्यालय बाराबाट हेरिने मुद्दा अभद्र व्यवहारका मुद्दा , कालो बजार मुद्दा , जुवा सम्बन्धी मुदा र व्यक्तिगत घटना दर्ता सम्बन्धी मुद्दामा पनि क्रमचारीहरु बिना पैसाको सुनवाई नै नगर्ने गरेको रहस्य बाहिर आएको छ। मुद्दाको प्रकृति तथा ब्यक्तिको हैसियत हेरी पैसा लिने गरेको रहस्य खुलेको छ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सँग गुनासो राख्न जाँदा उहाँको गेटमा बस्ने सुरक्षाकर्मी प्रमुख जिल्ला अधिकारी सँग प्रायः गरी भेट्न नै नदिने गरेकोले हाम्रो गुनासो कसले सुनिदिने भनि कलैया उपमहानगरपालिका वडा नं १४ बस्ने बौवालाल जयसवालले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालसँग कुरा गर्दा यहाँ क्रमचारीहरुको अभाव भएकोले काम गर्न असजिलो भएको छ। साथै यहाँ सेवाग्राहीसँग कुनै किसिमको आर्थिक चलखेल हुदैन। बरु त्यस्तो छ भने कसैले लिखित निवेदन दिएमा कार्वाही गर्ने बताएका छन्। क्रमचारीहरुको अभाव भएकोले कामको चाप बढि हुने गरेको बताएका छन्।






