सिम्रौनगढबाट २ थान हतियार सहित १ जना पक्राउ

बारा, असोज १३ । बीओपी गोलागञ्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका व्यक्तिमाथि चेकजाँच गर्ने क्रममा सिम्रौनगढ नगरपालिका वाडा नम्बर २ अमृतगञ्ज निवासी अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा कुशवाहाको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच थान गोली र हिरो कम्पनीको एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी गराए ।
विशेष सूचनाका आधारमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा हतियार बरामद भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको छ। बरामद हतियार र गोलीको प्रयोजन तथा ती हतियार कहाँबाट ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ। पक्राउ परेका कुशवाहालाइ सिम्रौनगढ ईलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुशान्धान भइरहेको प्रहरीले जनाएको छ प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका अनुसार सोमबार बीओपी गोलागञ्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका व्यक्तिमाथि चेकजाँच गर्ने क्रममा सिम्रौनगढ नगरपालिका वाडा नम्बर २ अमृतगञ्ज निवासी अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा कुशवाहाको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच थान गोली र हिरो कम्पनीको एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी गराए ।
विशेष सूचनाका आधारमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा हतियार बरामद भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको छ। बरामद हतियार र गोलीको प्रयोजन तथा ती हतियार कहाँबाट ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ। पक्राउ परेका कुशवाहालाइ सिम्रौनगढ ईलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुशान्धान भइरहेको प्रहरीले जनाएको छ




