विपद् प्रभावितका लागि बाराका ११ युवाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ हजार २२२ रुपैयाँ सहयोग

बारा । विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले बाराका ११ जना युवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।

युवाहरूले आफ्नो व्यक्तिगत तर्फबाट संकलन गरेको रु. २२ हजार २२२ चेकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। सानो भए पनि विपद्को कठिन समयमा पीडित नागरिकलाई सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान गरिएको उनीहरूले बताएका छन्।

सहयोग गर्नेमा संजय चौधरी, आरुण दास, सुनील साह, कृष्णा सरार्फ, रामबाबु सरार्फ, कमलेश चौधरी, राहुल चौधरी, श्याम मण्डल, अजय मण्डल, अमन पटेल र उत्तम खड्का रहेका छन्।

उनीहरूले राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नं. ११३०१००००३७६२००१ मा उक्त रकम जम्मा गरेका हुन्।

युवाहरूले विपद् कुनै व्यक्ति, समुदाय वा क्षेत्र विशेषको मात्र समस्या नभएकाले संकटको समयमा सबैले आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्ने बताएका छन्। उनीहरूले राज्यको राहत तथा उद्धार अभियानमा नागरिकस्तरबाट समेत सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

उनीहरूका अनुसार विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी कोषमा जम्मा हुने सहयोगले प्रत्यक्ष रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

युवाहरूले आफूहरूले गरेको सहयोगलाई ठूलो रकमका रूपमा नभई विपद् प्रभावितप्रतिको मानवीय ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको सानो प्रयासका रूपमा लिएको बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close