कुख्यात मिटरब्याजी जैसिलाल साह पक्राउ, जग्गा अपचलन आरोपमा अनुसन्धान

मुकेश मेहता बारा । बारा जिल्लाको कचोर्वा निवासी तथा हाल कोल्हबी नगरपालिका–१ मा बसोबास गर्दै आएका कुख्यात मिटरब्याजी तथा मिटरब्याजी साहुहरूको अध्यक्ष जैसिलाल शाहलाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न पीडितहरूले दिएको जाहेरीका आधारमा शाहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पीडितहरूका अनुसार साहले अत्यधिक ब्याज असुली गर्दै उनीहरूको जग्गा तथा सम्पत्ति अपचलन गरेको गम्भीर आरोप लगाइएको बारा प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्ला अदालतबाट ७ दिनको म्याद लिई साहमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ। घटनासँग सम्बन्धित थप प्रमाण संकलन तथा पीडितहरूको बयान लिने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले मिटरब्याजी क्रियाकलापविरुद्ध कडाइका साथ अनुसन्धान जारी राख्ने र दोषी प्रमाणित भए कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close