सिम्रौनगढमा जनमत पार्टीको भेला सप्पन्न

बैशाख २०,उमाकान्त कुशवाहा सिम्रौनगढ । बाराको सिम्रौनगढ स्थित कन्काली मन्दिरको पराङ्गणमा जनमत पार्टी को भेला आज सम्पन्न भएको हो ।
जनमतपार्टीको सिम्रौनगढ नगर अध्यक्ष बिजय ठाकुरको अध्यक्षतामा भएको सो भेलाले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सी. के. राउत को प्रमुख आतिथ्य तथा मधेश प्रदेश मुख्यमन्त्री शतिश कुमार सिहको विशिष्ट आतिथ्यमा सिम्रौनगढमा बैसाख २६ गते हुने आम सभा र बृहत पार्टी प्रवेश कार्यक्रमलाई भब्यता का साथ सफल पार्न छलफल भएको हो । सो कार्यक्रमलाई के कसरी सफल पार्ने भने बारे कार्यकर्ताहरुमा जिम्मेवारी समेत बाड्फाड गरिएको चन्दन शर्माले जान्कारी गराए । छ्लफलमा पार्टीको जिल्ला ईन्चार्य शिवनाथ पटेल ,राजनिती समिती सदस्य प्रभु नाथ पटेल ,बिद्यार्थी नेता सन्जय साह , किसान सघ का गगनदेव प्रसाद कुशवाहा लगाएतका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close