दाइजो विरुद्ध यूवासङ्ग सचेना कार्यक्रम सम्पन्न

उमाकान्त कुशवाहा चैत १० । तराई मधेसमा बढ्दै गएको दाइजो पर्थालाइ हटाउन बाराको सिम्रौनगढमा आज यूवाहरु सङ्ग सचेतना कार्यक्रम सम्पन्न भएको छ । दलित उत्थान केन्द्र बाराको आयोजनामा सिम्रौनगढ नगरपालिकाको वाडा नम्बर २ को कार्यालयमा सम्पन्न भएको हो । ५० जना यूवा युवती सहभागी रहेको सो दाइजो विरुद्धको सचेतना कार्यक्रममा प्रशिक्षक कुन्दन रामले दाइजोको कारण समाजमा भइ रहेको अपराधीक घटना घरेलु महिला हिंसा , आत्म हत्या समेतको घटनाहरु बढदै गएको बताए ।
दाइजो हटाउन आआफ्नो ठाउबाट सबैले आफ्नै घरबाट सुरुवात गर्नु पर्छ ,साथै नेपाल को कानमा पनि दाइजो लिनु अपराध मानेको त्यस्ता माथी फोज्दारी एन अन्तरगतको कार्वाही हुने ब्यवस्था रहेको बारे सहभागीहरुलाइ प्रशिक्षण दिएका थिए ।दलित लाइफ मटर र ब्रिटिश काउन्सिल को आर्थिक सहयोगमा सम्पन्न सो सचेतना कार्यक्रम आयोजक संस्थाका अध्यक्ष हरि शंकर रामले गरे हुन ।






