बाराको कोल्हवीमा थारु रास्ट्रिय मुक्ती मोर्चाको पाचौं जिल्ला सम्मेलन सम्पन्न

कोल्हवी: बाराको कोल्हवी वडा न.१ मा रहेको थारु सेवा सदनमा थारु रास्ट्रिय मुक्ती मोर्चाको पाचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ।रामराज चौधरिको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी मधेस प्रदेस कमिटी सदस्य तपेस्वर राय चौधरी रहेका थिए ।
पाचौ जिल्ला अधिबेशनले प्रकाश चौधरिको नेतृत्वमा ३३ सदस्यिय जिल्ला कमिटी समेत चयन गरेको छ भने उपाध्यक्षमा लालु चौधरी,पर्शुराम चौधरी र माया चौधरी,सचिबमा उमासन्कर चौधरी,सह- सचिबमा शिव कुमार चौधरी,कोषाध्यक्ष उदय शकर चौधरी लगायत सदस्याहरु चयन भएका छन।
सो कार्यक्रममा किसान क्रान्तिकारिका केन्द्रिय सदस्य छबिलाला चौधरी,ने.क.पा माओबादिका कोलहबी नगर कमिटी अध्यक्ष रामचन्द्र साफी,माओबादिका नेता दल बहादुर चौधरी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको सन्चालन प्रकाश चौधरिले गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस






