पचरौता नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत परियारको स्वागत

मुकेश मेहता। बाराको पचरौता नगरपालिकाले पहिलो पटक नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका उप सचिव नरेन्द्र परियारलाई स्वागत गरेको छ । आईतबार एक कार्यक्रमका बिच उनलाई स्वागत गरिएको हो ।

पचरौताका नगर प्रमुख जलन्धर सिंहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा नगर उपप्रमुख नसीमा खातुन र नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादवले शुभकामना मनतव्य राखेका थियो । परियार यस अगाडी गृह मन्त्रालयमा उप सचिव पदमा कार्यरत हुनुहुन्थ्याे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद गरेपछि परियार पचरौता आएका हुन ।

नगरपालिका प्रमुख सिंहले नयाँ प्रमुख प्रशासकीय अधिकृतमा परियारलाई पाउँदा आफूहरु खुशी भएको बताए । नगरपालिकाले उप सचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत पाएको भन्दै उहाँले राम्रो काम गर्ने विश्वास समेत लिएको सिंहले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close