नेपाल ग्यासका ६६५ थान सिलिण्डर नष्ट

बारा । नेपाल ग्यास उद्योग (नारायणी) प्रा.लि.ले यस पटक ६६५ थान सिलिण्डर नष्ट गरेको छ । ३६ बर्षदेखी निरन्तर नेपालमा खाना पकाउने एल.पि.ग्यास विक्रि गर्दै आएको उद्योगले शुरक्षा दृष्टीले प्रयोग गर्न नमिल्ने देखिएका सिलिण्डर नष्ट गरेको हो ।

हाईडोलिक परिक्षणमा कजोर तथा जोखिमयूक्त देखीएका १६। ९ केजी दरका ६६५ थान ग्यास सिलण्डर काटेर नष्ट गरिएको उद्योग कार्यालयका प्रमुख जिवन छतकुलीले जानकारी दिए ।

बाराको सिमरा मुख्य कार्यालय रहेको उद्योगको धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.९ बडहरीमा डिपो संचालनमा छ । त्यहाँ रहेका प्रयोग गर्न नमिल्ने देखिएका कमजोर सिलिण्डर विहिबार स्थानिय वडा अध्यक्ष दिपकजंग थापा, ग्यास बिक्रेता संघका प्रतिनीधि र स्थानियबासीको रोहबरमा नष्ट गरिएको उनले जानकारी दिए ।

यस अघि २०७७ साल साउन ५ गते १ हजार २ सय थान सिलिण्डर नष्ट गरेको उद्योगले आज पुनः ६६५ थान नष्ट गरेको हो । उपभोक्ताको शुरक्षालाई दृष्टीगत गरी आगामी दिनमा समेत यस्तो कार्यलाई निरन्तरता दिईने कार्यालय प्रमुख छतकुलीले जनाए ।

दैनिक ३ हजार थान सिलिण्डर बजारमा पठाउँदै आएको उद्योगले उपभोक्ताको शुरक्षा सबैभन्दा ठुलो हो, उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close