मुख्यमन्त्री यादवले गरे कलैयामा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको उद्धघाटन

पान्नालाल दास ,बारा ३ चैत्र
बाराको सदरमुकाम कलैयामा आज बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको एक कार्यक्रमका बिच मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उदघाटन गर्नु भएको छ ।
बारा जिल्लाका नागरिकहरुले बिरगंज सम्म जाने गरेको समस्यालाई समाधान गर्दै जिल्लाको सदरमुकाम कलैयामा नै न्याँ लाईसेन्स बनाउने भएको हुदा यस क्षेत्रका नागरिकलाई आफनै गाँउठाँउमा सेवा पाउनु निकै सुखद रहेको मुख्यमन्त्री यादवले भन्नुभयो ।
न्याँ गाडी दर्ता नविकरण लगायतका करहरु चैत्र मसान्त सम्ममा जरिवना पुर्णरुपमा छुट भई गाडीको दस्तुर मात्र लाग्ने मुख्य मन्त्री यादवले बताउदै मौका फाईदा उठाउन सबैलाई आग्रह गर्नुभएको थियो ।
लाईसेन्स प्रदान गर्नका लागि कुनै मोल मौलाईजा नगरि सर्व सुलभरुपमा लाईसेन्स प्रदान गर्ने कर्मचारीहरुलाई निर्देशन दिदै बदमासी गर्ने कर्मचारीहरुलाई कार्यवाही गर्ने उदघोष समेत गर्नुभएको थियो । मुख्यमनत्री यादवले आफु मुख्यमन्त्रीको पद सम्भालेपछि बारा, रौतहट र सर्लाही जिल्लामा यतायात कार्यालयको स्थापना गरि ती ठाँउहरु बाट नै सेवा प्रदान गर्दै आएको सो अवश्रमा जानकारी गराउनु भएको थियो ।
जिल्लाको सदरमुकामहरुमा प्राय प्रदेश सरकारले जनतासंग सरोकार राख्ने सबै कार्यालयहरुको शाखा जिल्ला जिल्लामा स्थापना गरि जनतालाई छिटो छरितो रुपमा सेवा प्रदना गर्नेका लागि कर्मचारीहरुलाई निर्देशन समेत दिईसकेको जानकारी दिनुभयो ।
सोही कार्यक्रमना मुख्य मन्त्री यादवले आउने होलीलाई भडकिलो नबनाउने र अरुलाई असर पर्ने गरि होली नखेल्न सबैलाई आग्रह गर्दै सदभाव, सहकार्य, भाईचराको समन्ध गासी शान्ति पुर्वक होली खेल्न प्रदेश भरीका जनतालाई अपिल समेत गर्नुभएको थियो ।
पहिलो चोटीमा यतायात कार्यालयले ३ सय जनालाई लाईसेन्स प्रदान गर्नका लागि आवेदन खुलाएको र त्यसको अन्तिम नतिजा प्रकाशन भएपछि लगतै दोस्रो लवटको आवेदन खुल्ला गर्ने यतायात कार्यालयका प्रमुख नवाज हुसेनले जानकारी दिनुभयो । सोही कार्यक्रममा जसपाका राजनितिक समिति सदस्य रामकिशोर यादवले मधेस प्रदेशको कलैयामा यातायात कार्यालय स्थापना गरएकोमा धन्यवाद दिदै यस्तै जन्ताको पक्षमा काम गर्दै जाने सुझाव दिनु भयो । नेता यदवका अनुसार मधेस प्रदेशको आठै जोल्लामा भौतिक पुर्वाधार तथा यातायात कार्यालयको सेवा लिन अब आ-आफनै जिल्लामा सुचारु भएकाले अब कम खर्च र कम समयमै सेवा मिल्ने भएको छ ।
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरका संचालक राजकुमार पटेलको अध्यक्षतामा सम्पन्न सो कार्याक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, जसपाका केन्द्रिय सदस्य प्रकाश चौगाई , लोसपाका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अंसारी लगायतकाले आफनो बिचार ब्यतm गर्दै सेन्टरको स्थापनाले जिल्लाबासी निकै फाईदा भएको कुरामा जोड दिनुभएको थियो ।
ट्रेनिङ्ग सेन्टरका संचालक सदस्य सिकेन्द्र दासले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close