शहीद दिवसमा नेपाल शिक्षक संघ बाराद्वारा कलैयामा अस्पतालमा फलफूल वितरण तथा दिप प्रजवलन

कलैया, शहीद दिवसको अवसरमा नेपाल शिक्षक संघ बाराले कलैयामा रहेको प्रादेशिक अस्पतालमा फलफूल वितरण गरेको छ ।
नेपाल शिक्षक संघ बाराले मंगलबार बिहान अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको छ भने सांझ सांझ कलैयाको मुख्य चौकमा दिप प्रजवलन गरेको छ ।


फलफुल वितरणमा कांग्रेस पर्साका जिल्ला सभापति राजेश राय यादव, बारा क्षेत्र नम्बर ४ को ख का कांग्रेसका क्षेत्रिय सभापति लुकेश सिंह र शिक्षक संघका अध्यक्ष राजकिशोर सहनीले अस्पतालमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेका थिए । यस्तै शिक्षक संघका अध्यक्ष सहनीको अध्यक्षतामा सांझ संघका पदाधिकारीहरुले दिप प्रजवलन गरेका छन् । कार्यक्रममा संघमा आबद्ध शिक्षक,शिक्षिकाका साथै कांग्रेस नेताकार्यकर्ता तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close