सट्टा बजारको बादशाह उमाशंकर नेपाल छोडेर भाग्ने त्यारीमा

वीरगंज
हुण्डी र सट्टा बजारका बेताज बादशाह उमाशंकर साह माथी प्रहरीले निगरानी बढाए पछि नेपाल छोडेर भाग्ने तयारीमा जुटेको खबर प्राप्त भएको छ । ४ महिना अगाडि बिट क्वाइन, हुण्डी र क्रिकेटको सट्टा खेलाएर छोटो समयमा नै रोडपति बाट अर्बपति बनेका उमाशंकरको बारेमा पर्सा प्रहरीलाई सूचना आएको थियो ।
बिशुद्ध बिहारी भएकोमा कसै लाई शंका छैन तर जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन हाकिमहरु नोट बुझेर उमाशंकरलाई नेपाली नागरिक बनाई दिएका थिए ।
उमाशंकर नेपाली भएपछि उसले आफनो श्रीमतीलाई नागरिकता दीलायो र अबैध कारोबार गरेर आर्जन गरेको पैसाले भारतको विभिन्न ठाँउमा घर घडेरी मात्र जोडेंन कैयौ बैंकहरुमा करोडौं डिपोजिट समेत गरेका छन्। उमाशंकरको यस कार्यमा शसस्त्र प्रहरीको भू.पु अधिकारी पनि मतियार भएको खुलेको छ।
पर्सा प्रहरीको कारवाहीको दायरा नआउँदै उमाशंकरले नागरिकता परित्याग गरी भाग्न खोज्नुको पछाडि त्यो भू.पु शसस्त्र प्रहरी अधिकारीको दिमागले त काम गरेको छैन भनी शंका उब्जिएको छ। यसै गरी एक श्रोतका अनुसार बारा जिल्ला एक माओवादी नेतालाई भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रभावित गरी झुठो विवरण पेश गरी लिएको नागरिकताको कारवाहीबाट जोगिन उमाशङ्करले जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता परित्यागको लागी निवेदन दिएको र अहिले त्यो निवेदन प्रक्रियामा रहेको बुझिएको छ।
आर्थिक मन्दीको शिकार भई मुलुक कङ्गाल हुन गइरहेको वर्तमान समयमा उमाशङ्कर जस्ता भारतीयले कसरी नागरिकता हासिल गरे त्यसलाई दिलाउन क–कसले भूमिका निर्वाह गर्यो त्यसको खोजिनीति गरेर कारवाही गर्नु पर्ने बेला उस्लाई उन्मुक्ति दिने तानाबाना बुनिँदैछ ।
हालै सम्पन्न भएको विश्व कप क्रिकेट प्रतियोगितामा उमाशङ्करले सट्टाबजारीबाट १० करोड भन्दा बढी आम्दानी गरेको उस्को निकट सुत्रले जनाएको छ।





