न्याय माग्दै शैक्षिक संगठन सडकमा ४० बिते पनि रुपेशको हत्यारा पक्राउ परेन

शुभम सन्देश- रुपेश स्वर्णकारको हत्याको दोषीलाई कारबाहीको माग गर्दै बाराका शैक्षिक संगठनहरु चरणबद्ध आन्दोलनको घोषणा स्वरुप शनिवार चौथो दिन उनीहरुले कलैया बजार आंशीक रुपमा बन्द गराएका छन । प्याव्सन र एन प्याव्सन जिल्ला कार्य समितिले संयुक्तरुपमा घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत बजार तथा केहीबेर यातायात बन्द गरिएको आन्दोलनकारीहरुले बताए ।
वास्तविक हत्यारालाई सार्वजनिक गर, सत्यतथ्य पत्ता लगाउ भन्ने नारा लगाउदै कलैया बजारमा प्रदर्शन समेत गरिएको थियो ।
बन्द कर्ताहरुले कलैया बजार नगर परिक्रमा गर्दै भरत चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । सो क्रममा उनीहरुले बजार बन्द गराउनुका साथै यातायात समेत केही बेर ठप्प पारेका थिए ।
निजि शैक्षिक संस्थाहरुले गरेको बन्दका कारण कलैया बजारमा आशिंक प्रभाव परेको थियो टायर बालेर प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपनि प्रदर्शनकारी र प्रहरीबीच विवाद भएको थियोे ।
विहान ७ बजेदेखि १२ बजेसम्म कलैया बजारमा प्रदर्शनकारीहरुले विरोध स्वरुप नाराबाजी गरको थिए ।
मृतक स्वर्णकारको हत्याकोे करिब डेढ महिना पुग्न लाग्दा पनि बारा प्रहरीले वास्तविक हत्यारालाई अहिलेसम्म सार्वजनिक गर्न सकेको मृतकका परिवारजनहरुको आरोप रहदै आएको छ ।
पीडितको परिवारजन तथा मिडियालाई समेत बारा प्रहरीले आफूहरु अनुसन्धानको नजिक रहेको भन्दै सधै प्रतिक्रिया मात्रै दिइरहेको छ ।
यो प्रतिक्रियाले पीडित परिवारजनलाई भान भएको छ–प्रहरीले घटना थामथुम पार्न खोजिरहेको छ, जुनकारण सधै एउटा प्रतिक्रिया दिइरहेको छ ।
उनीहरुलाई साथ दिन आफूहरु अगाडि आएको प्याव्सनका प्रभु कुशवाहाले बताए । कुशवाहाका अनुसार अहिलेसम्म बारा प्रहरीले अनुसन्धानका लागि मात्रै अनुसन्धान गरिरहेको छ ।
उनले भने,‘कलैया बजारमा दिनदहाडै एउटा प्रधानाध्यापकमाथि गोली चल्नु चानचुने कुरा होइन, आफैमा गम्भीर विषय हो । तैपनि प्रहरी गम्भीर देखिएको छैन, उल्टै हामीलाई बोलाएर राधा र मृतक रुपेशको अस्लीले भिडिओ छ, उस्तो फोटो छ भनेर धम्काउने गरेको छ ।
त्यसकारण हामी प्रष्ट भयौं प्रहरीले अपराधीलाई समाउँदैन अनि हामी न्याय माग्न सडकमा निस्कयौं । त्यति मात्र नभइ एसपी साहेब स्वयम ‘अस्लिल’ भिडिओ सार्वजनिक गरदिने भन्दै हामीलाई धम्काउने हुन्छ,उनले भने ।
उनका अनुसार यो सवको पछाडि एउटै कारण हो– अनुसन्धानप्रति प्रहरीको विरोध नहोस भनेर । मूलतः यहीकारण बारा प्रहरी विभिन्न हतकण्डा अपनाइरहेको पाइएको परिवारजनको बुझाइ छ । सडकबाट सरकारले सुन्नला भन्ने आफूहरुको आसा रहेको उनी बताउँछन् । तर मधेशमा भएको घटनामा सरकारले पनि कति सुन्नला भन्ने उनीहरुलाई चिन्ता छ ।
‘किनभने हत्या जस्तो जघन्य प्रकृतिको अपराधमा बारा प्रहरीले गम्भीर लापरबाही गर्दा पनि कुनै निकायबाट अहिलेसम्म छानविन समेत गरिएको छैन, उनीहरुले भने,‘तर यही घटना मधेशबाहेक अन्य जिल्लामा भइदिएको भए सरकार नै ताँतेर अगाडि आइसक्या हुन्थ्यो । तर हाम्रो विडम्बना हो ।
मृतक स्वर्णकारको हत्याप्रकरणमा प्रहरीले घटनाको तीन दिन पछाडि एक महिलासहित ५ जनालाई संलग्न रहेको भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक ग¥यो ।
बाराका प ्रहरी उपरिक्षक सुरेश काफ्ले पत्रकार सम्मेलनमार्फत सबैलाई सार्वजनिक गर्दै भने,‘अहिले हामी घटनामा सहायक भूमिका रहेकाहरुलाई पक्राउ गरेका छौं, मुख्य सुटर र योजनाकारको पहिचान भइसकेको छ ।
उनीहरुलाई पनि चाँडै सार्वजनिक गर्नेछौं, विवाहेत्तर सम्बन्धका कारण यो हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
बारा प्रहरीले नै सहयोगीहरुलाई पक्राउ गरिएको बताएपछि त्यहीबेला मृतकका परिवारजनले समेत आफ्नो घर अगाडि पत्रकार सम्मेलनको आयोजना ग¥यो ।
मृतकका दाइ भोला सर्राफले पत्रकार सम्मेलन गर्दै भने,‘प्रहरीले वास्तविक दोषीलाई पक्राउ गरेको छैन, पक्राउ परेकाहरुका दोषी नै होइनन् । त्यसकारण वास्तविक दोषीलाई पक्राउ गरियोस, कारबाही गरियोस , त्यति मात्र नभइ प्रहरीले औपचारिकरुपमा उठाएको प्रेम सम्बन्धका कुरा प्रमाणित गर्न चुनौती समेत दिए । उनले भने,‘आफ्नो भाइको प्रेम सम्बन्धका कारण हत्या छैन, प्रहरीले घटना मोडन खोजिरहेको छ । वास्तविक छानविन गरेर सत्यतथ्य सार्वजनिक गरोस प्रहरीले ।’
प्रेम सम्बन्धको कारण हत्या भएको दाबी गर्ने बारा प्रहरीलाई त्यही बेला परिवारजनले प्रमाणित गर्न चुनौती दिँदा प्रहरीले प्रमाणित गर्लान भन्ने आशामा परिवारजन थियो ।
मृतकका दाइ सुवोध सर्राफ भन्छन्,‘हामीले खुलेआम प्रहरीलाइ चुनौती दिँदा प्रहरीले तत्कालै प्रमाणित गर्ला भन्ने सोच थियो, हामी कुरेर बसिरहेका थियौं । तर भएन, एक, दुइ वा दश मात्रै नभइ ४० दिन बितिसक्दा पनि नभएपछि हामीलाई ‘क्लियर’ भयो प्रहरी आरोप झुटो हो ।’ अहिले पनि प्रेम सम्बन्धका कारण नै हत्या भएको हो भनी प्रहरीलाई प्रमाणित गर्न परिवारजनले चुनौती दिएका छन् ।
पीडितलाई अस्लिल भिडिओ देखाएर धम्काउने गरेको विषयमा लिइएको प्रतिक्रियामा बारा एसपी सुरेश काफ्लेले यो आरोप सरासर झुटो कुरा रहेको बताए । आफूले यस्तो कुरा कसैसंग नगरेको उनको प्रतिक्रिया छ ।
उनले भने,‘यो घटनामा हाम्रो छुट्टै अनुसन्धान टोली खटेको छ, सोही टीमले सबै अनुसन्धान गरिरहेको छ । मैलै त्यस्तो कमेन्ट गर्ने कुरै आउँदैन् । यो सब गलत कुरा हो ।’
कलैया ६ को मदरसा टोलमा कार्तिक १३ गते स्वर्णकारमाथि भएको गोली प्रहारबाट उनको मृत्यु भएको थियो ।






