सिम्रौनगढ नगर पालिका खुलाउन वार्ता भई तीन बुन्दे सहमती


शुभम सन्देश ,
विगत ५१ दिनदेखि बन्द रहेको सिम्रौनगढ नगरपालिका खुलाउन बसेको वार्ता सकारात्मक भएको छ ।
बन्द रहेको पालिकाको कामकाज सुचारु गर्न ४९ दिनपछि दुबै पक्षको प्रतिनिधि र जनप्रतिनिधी बीच बसेको पहिलो बैठकमा तीन वटा बुँदामा सहमति भई टुङ्गो लागेको छ ।
सम्बन्धित निकायका पदाधिकारी सहित बुधबार कलैयास्थित दरबार होटेलमा बसेको बैठकले तीन बुँदामा सहमत भई टुङ्गो लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनारायणप्रसाद यादवले बताए ।
नगर प्रमुख किशोरीप्रसाद कलवार र निमित्त प्रमुख प्रशासकीय यादवले १० दिनभित्र नगर सभा गर्न मिति तोक्ने, हटाइएका कर्मचारीको निरन्तरता दिने र विकास निर्माणका व्रmममा बाँकी बक्यौता रहेको भुक्तानी रकमको सत्यतथ्य खर्च विवरण सार्वजनिक गर्ने गरी सहमति भएको बारा निर्वाचन क्षेत्र नं. १ का सांसद अच्युत मैनालीले जानकारी गराए ।
सांसद मैनालीका अनुसार सबै बुँदामा सकभर सहमति नै भएको छ । पालिका सुचारु गर्न पहिलो बुँदामा नगर परिषद् नै रहेको छ ।
नगरपालिकामा कर्मचारीले तलब तथा निर्वाचित वडा अध्यक्षहरूले खर्च विवरण सार्वजनिक गर्न माग राख्दै पालिकाको सम्पूर्ण कामकाज बन्द गरी कात्तिक ७ गतेदेखि मूल गेटमा धर्ना बस्दै आएका छन् ।
यसै गरी विगत ४ महिनादेखि नगर अस्पतालका केही कर्मचारीलाई नगर प्रमुख कलवारले हटाएपछि त्यसको विरोधमा सो अस्पताल नै बन्द गरी कर्मचारी पनि आन्दोलनमा बसेका हुन् । बिधालयमा अनिश्चित काल पठनपाठन बन्द हुदा नगर भित्र रहेको ३२ वटा सामुादायिक बिधालयमा पढने गरिब किसानको बालबालिकाको भविष्य डुब्ने सम्भावना बढदै गैको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close