सिम्रौनगढका सम्पुर्ण सामुदायिक बिधालय आज बाट अनिश्चित कालका लागि बन्द

सिम्रौनगढ-बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरु बिहीवारदेखि बन्द हुनेभएका छन । लामो समयदेखि तलब नपाएपछि आन्दोलनरत शिक्षकहरुले बुधवार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनारायणप्रसाद यादवलाई विद्यालयको साचो बुझाएर बिहीवारबाट विद्यालय बन्द गर्ने जानकारी गराएका हुन ।
नगरपालिकाका शिक्षकहरु तलब माग गर्दै विगत ५१ दिनदेखि नगरपालिका कार्यालयको प्रवेशव्दारमा धर्नामा बस्दै आएका थिए । आन्दोलनरत शिक्षकहरुको पूर्वनिर्धारित कार्यक्रमअनुसार आजबाट विद्यालय बन्द गरेर नगरपालिकाका सबै शिक्षकहरुले धर्ना दिन लागेका हुन ।यसअघि नगरपालिका क्षेत्रका विद्यालयबाट एक÷एक जना प्रतिनिधि शिक्षक उपस्थित भएर कार्यालयमा धर्ना दिदैआएका थिए । ‘तलब पाउनुपर्ने माग राखेर पठनपाठन अवरुद्ध नहुने गरी धर्ना दिदैआएका थियौं, शिक्षक संघ सिम्रौनगढ नगर अध्यक्ष उमाशंकर प्रसाद यादवले भन्नुभयो, अब विद्यालय नै ठप्प पारेर सबै शिक्षकहरु धर्नामा बस्ने छन ।’अध्यक्ष यादवले आफूहरुको सांकेतिक आन्दोलनप्रति नगरपालिकाले चासो नदेखाएकोले विद्यालयको पठनपाठन बन्द गरेर धर्ना दिनुपरेको बताउनुभयो । उहाँले आन्दोलनलाई थप सशक्त र निर्णायक पार्न विद्यालय बन्द गरेर धर्ना दिन लागिएको बताउनुभएको छ ।सिम्रौनगगढ नगरपालिकाका पाँच वटा माध्यमिकसहित ३२ वटा सामुदायिक विद्यालयहरु १ सय ९० शिक्षक कर्मचारी कार्यरत छन । शिक्षकसंगै तलब नपाएपछि सिम्रौनगढमा करार, अस्थायी र ज्यालादारीमा भर्ना गरिएका कर्मचारीहरु पनि आन्दोलनमा छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close