उपराष्ट्रपति यादवले भूकम्पपीडितका लागि आफ्नो एक महिनाको पारिश्रमिक दिने

रामबाबु मेहता- उपराष्ट्रपति राम सहाय प्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नु भएको छ।
उपराष्ट्रपति यादवले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।

उपराष्ट्रपति यादवका स्वकीय प्रेस संयोजक दिनेश यादवका अनुसार उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार) हरूबाट १५ दिन, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सो सरहका कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सो सरहका कर्मचारीबाट पाँच दिन र राजपत्र अनङ्कित वा सो सरहको कर्मचारीबाट तीन दिनका पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस






