सिम्रौनगढका १५० जना सामुदायिक कानुनी साक्षरता अभियानमा जुडे

शुभम सन्देश समवाददाता
सिम्रौनगढ-
बाराको सिम्रौनगढमा हाल सामुदायिक कानुनी साक्षरता अभियानमा सिम्रौनगढ न पा वडा नं २ नायका बजार भन्ने रानिवास मन्दिर नजिकमा नागरिकलाइ शनिवार सचेतना कार्यक्रम अन्तरगर्त १५० जना महिला र पुरुषहरुलाई उक्त अभियानमा सहभागी गराइएको अधिवक्ता तथा कार्यक्रमका अभियन्ता राजेन्द्र प्रसाद कुशवाहाले जानाएका छन् ।


एटु जे यूएन डीपी को सहयोगमा आयोजना गरिएको सो अभियानले स्थानिय महिलाहरु, पिछडिएका व्यक्तिहरु, असहाय र गरीब व्यक्तिहरूलाई विशेष प्राथमिकता दिई संविधानमा रहेको महिला हक, महिला शसक्तिकरण , मौलिक हक, संवैधानिक हक, आधारभूत कानुनका ज्ञान जस्ता विषयहरुको बारेमा सचेतना गराइएको तथा आवश्यक व्यक्तिहरुलाई लाई उहाँहरूले कानूनी परामर्श, कानूनी सहयोग निशुल्क प्रदान गरी कार्यक्रम सम्पन्न गरेका थिए ।
कानुन सम्बन्धी जानकारी र कानूनी सेवाबाट कोही बन्चित नहोस् भनी उदेश्यले कार्यक्रम संचालन गरि अभियान चलाएको पि.डि.एस नेपालका अधिवक्ता राजेन्द्र प्रसादले बताए ।“







