कलैयाका मेयर साहको अगुवाइमा बिधुत पोल तार जडानको अनुगमन

रामबाबु मेहता
बाराको कलैया उपमहानगरपालिकामा कलैयाका मेयर बिनोद साहको अगुवाइमा बिधुत पोलतार जडानको अनुगमन भएको छ । कलैयाको बरेवा देखि मटिअर्वा सम्म ११ के.भी. लाइनको बिधुत पोल तार जडानको अनुगमन मेयर साहको अगुवाइमा गएको एक टोलीले गरेको छ । उक्त अनुगमन टिममा बारा उधोग वाणिज्य संघका अध्यक्ष राजकुमार साह,उपाध्यक्ष प्रदिप साह,महा सचिव रामअशिष साह, लगायतको उपस्थिती रहेको संघका कर्मचारी अजय साहले जानकारी गराए ।
दक्षिण एसिया उप क्षेत्रिय आर्थिक सहयोग-SASEC बिधुत प्रसारण र वितरण प्रणाली सुदृढीकरण PTDSSP) अन्र्तगत बारा उधोग वाणिज्य संघको सहकार्य र कलैया उपमहानगर पालिकाको सहयोग तथा बिधुत प्राधिकरण कलैयाको प्राविधिक सहयोगमा उक्त पोल तार जडान भई रहेको जनाइएको छ । बिधुतको पोृल तार जडानको क्रममा कुनै किसिमको समस्या परेमा हामीलाइ जानकारी गराउनुस आफु जस्तो सुकै बाधाअवरुद हटाइ जनताको प्रत्यक्ष लाभ हुने यो पोल तार जडान कार्यक्रमलाई सफल बनाउन पटकपटक अनुगमन गर्ने र समस्या परेको खण्डमा मदत गर्ने कलैयाका मेयर साहले बताउनु भयो ।






