शितलहरबाट अति विपन्न गरिब असहायलाई जोगिन न्यानो कपडा वितरण गरौ – प्रजिअ कटुवाल

दास पन्नालाल
कलैया , पौष ७ –
शितलहरलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले विपन्न दलित असहायलाई न्यानो लताकपडा कम्बल वितरण गर्नु पर्ने बताएका छन्।
जाडो छल्न प्रत्येक टोल टोलको चोकमा मान्छे जम्मा हुने ठाउँमा आगो ताप्न अनिवार्य दाउरा वितरण गर्न अग्रसर्ता देखाउनुर्ने बताएका छन्। प्रत्येक पालिका जनप्रतिनिधि प्रमुख / अध्यक्षले आ- आफ्नो ठाउँमा लाग्नु पर्नेमा जोडदिए। गरिब असहाय दलितलाई वडा स्तरबाटै वडा समिति मार्फत लक्षित वर्ग पहिचान गरि जाडोबाट मानव जीवन जोगाउन कम्बल र न्यानो कपडा वितरण गर्न पालिकाको बजेटबाट ५ प्रतिशत रकम विपद व्यवस्थापनमा छुट्याईएको हुन्छ। सोहि रकमबाट अविलम्ब बाँडिनु पर्नेमा जोड दिएका हुन्।जाडोकै आडमा विगतमा देखे झै दुरुपयोग गरे कार्वाही हुने बताएका छन्। प्रशासनिक निकायबाट हुने सहयोग र यस समितिको तर्फबाट गर्नुपर्ने दायित्व पूरा गरिने उनले थपे।
बालुवा गिटिमा विचौलियाको चलखेल अत्यधिक हुने गरेको र जनता मारमा परेकोले २/३ दिनमै टेन्डर हुने र खोला अनुगमन गरि मापदण्ड भित्र वालुवा गिट्टि उत्खन्न र ओसार पसार सहज हुनेमा आश्वसत पारेका हुन्।
प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले अतिविपन्न दलित वस्ति मुसहर लगायतको तथ्याङक तयार गरि वडागत विवरणको आधारमा घरमै गएर वितरण गर्दा वेस हुने सुझाएका हुन्।वास्विक व्यक्तिले पाउनुपर्छ । सहयोगको लागि प्रहरी हरपल तयार रहेको छ। जनप्रतिनिधिले राजनिति गर्नु भएन । दुरुपयोग नगर्न सचेत गराएका हुन्।
साथै कृषि मिटरबाट किसानले सिंचाई गर्ने क्रममा हुकिङ्गले करेन्ट लागेर अकालमै मृत्यु हुनेको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै स्विच प्रणाली जडान गर्न आवश्यक रहेको छ, जसबाट सिंचाई संगै जीवन हताहत नहोस यस तर्फ सचेत हुन जोड दिए।
प्राकृतिक विपद र कृतिम विपदबारे रणनितिक योजनाबारे गहन छलफल भएको हो। जिल्ला स्थित सरोकारबालाको बैठकमा देवताल गापा अध्यक्ष उदय यादवले बिधुतिकरणमा ५ करोड बजेट छुट्याई टेन्डर पनि भईसकेको कुराको अवगत गराएको थिए। छलफलमा बालुवा गिटिको खुला गर्न करा उठेका थिए। बातावरण प्रदुषणबाट जोगिन जाडो छल्न टायर नबाल्न डा. शुशिल साहले सुझाएका थिए। विगतका समयका डिप ट्युवेल बोरिङ्गमा करोडौको लगानी रहेकाले यसलाई सदुपयोग गरि सिंचाई गर्न सके किसानलाई फाईदा हुने भएकोले खर्चिलो कृषि पेशाबाट मुक्ति दिलाउन पालिकाले ध्यान दिन मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले आग्रह गरे।यसैगरि विधुत सर्किटबाट हुने धनजनको क्षति हुन नदिन प्राधिकरणले योजना ल्याउनु पर्ने नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहताले बताए । विपदको जोखिम न्युनिकरण र अगामि सावधानी अपनाउन सुरक्षा निकायका प्रमुख, पालिका प्रमुख , प्रशासकिय अधिकृत ,गापा अध्यक्ष , राजनितिक दलका प्रतिनिधि ,गैर सरकारी संस्था, रेडक्रस, सिंचाई, विधुत प्राधिकरण प्रतिनिधि र संचारकर्मीको उपस्थिति रहेका थिए। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा जिल्ला विपद व्यस्थापन समितिकाको बैठक सम्पन्न भएको हो अनि संचालन नायब सुब्बा रतन स्याङताङ्गले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close