बारामा उम्मेदवार मनोनयनको सबै तयारी पूरा –  प्रमुख निर्वाचन अधिकृत उपाध्याय

रामबाबु मेहता,

आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको बारामा उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन अधिकृत पुणर्ेश्वर प्रसाद उपाध्यायले शनिवार कलैयामा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलिय बैठक राखेर आइतवार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उम्मेदवारी दर्ताको लागि आफुहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभएको छ । उहाँले जिल्लाको चार वटा निर्वाचन क्षेत्रका लागि चार वट छुटाछुटै निर्वाचन अधिकृतको कार्यालयमा सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी समेत तयारी अवस्थामा रहेको बताउनुभयो ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लागि आइतवार प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।  बैठकमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै बारा निर्वाचन कार्यालयका प्रमुख सरोज कुमार चौधरीले प्रत्येक उमेदवारले बढीमा २५ जनाको संस्यामा मात्र उमेदवारी दर्ता गराउन आउने १० ओटा भन्दा बढी झण्डा लिएर आउन नहुने तथा डिजे,बाजा गाजा जस्ता ध्वनी प्रदुशन तथा १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिका लाई सहभागि गराउन नहुने बताउनु भयो त्यस्तो हुन गएका त्यस उमेदवारको मानोनय दर्ता नहुने र अचारसहिंता उलन्घन गरेको मुद्धा समेत चलाउने जानकारी गराउनु भएको छ । यस्तै सञ्चारकर्मीले सहज रुपमा निर्वाचन सम्बन्धि समाचार सम्प्रशनका लागि सबै निर्वाचन अधिकृतहरुको मोबाईल नम्बर सार्वजिनक गर्नु भएको छ । निर्वाचन सम्म अचार सहिताको पूणर् पालना तथा निश्पक्ष र भय रहित वाताबरणमा चुनाव सफल बनाउन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालको नेतृवमा ७ सदसिय सुरक्षा समिति बनाईएको छ जस्मा सहायक प्रमुख जिल्ल अधिकारी कृष्ण प्रसाद अर्चाय, प्रमुख सेनानी ज्वला दल गणका भुपेन्द्र गाृेदार,नृेपाल प्रहरीका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी,सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र थापा ,यस्तै राष्ट्रिय अनुसन्धान कार्यालयका उप अनुसन्धान निर्देशक संतोष ढुंगेल र जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सरोज कुमार चौधरी रहेको सर्व दलिय बैठकमा जानकारी गराइको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close