सिम्रौनगढमा जनस्वास्थ्य प्रयोगशालाको उदधाटन

मुकेश मेहता-
बाराको सिम्रौनगढ नगरपालिका वार्ड न.७ मा सिम्रौनगढ जनस्वास्थ्य प्रयोगशालाको एक कार्यक्रम बीच बिधिवत रुपमा आज उदधाटन भएको छ ।
वाडा नम्बर ७ का वाडा अध्यक्ष बिवेक मेहताको अध्यक्षतामा नगर प्रमुख श्री किशोरी प्रसाद कलवारले फिता काटेर जनस्वास्थ्य प्रयोगशालाको उदधाटन गर्नुभएको छ ।
वाडा अध्यक्ष मेहताको बिशेष पहलमा मधेश प्रदेश सरकारको सहयोग बाट प्राप्त लगभग रु ६० लाख बराबरको लागतमा प्रयोगशालाको मेशिन, केमिकल लगायत एक प्राबिधिक र एक कार्यालय सहयोगी समेत प्रदेश सरकारले ब्यवस्था मिलाइ दिएको स्वास्थ्य शाखा प्रमुख बिजय ठाकुर ले जानकारी गराएका छन् । सो अवसरमा नगर उपप्रमुख नवमु शेहर,जसपाका नेता रामबाबु कुशवाहा ,रामबहादुर पटेल,वाडा नम्बर ६ का वाडाअध्यक्ष नन्दकिशोर जयसवाल, स्वास्थ्य शाखा, शिक्षाशाखा लगायत नगरपालिका कार्यालय अन्र्तगतका बिभिन्न शाखाका प्रमुख तथा स्थानियहरुको सहभागिता रहेको थियो ।






