लागुऔषधसहित बाराबाट चारजना पक्राउ

बारा, प्रहरीले प्रतिबन्धित लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट तीन र निजगढ नगरपालिकाबाट एकजनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो ।
जितपुरसिमरा उपमहानगरपालिका– २१ स्थित अमलेखगन्जमा प्रहरीले चेकजाँच गर्ने क्रममा हेटौँडाबाट वीरगन्जतर्फ आउदै गरेको बिआर ०५ एए ४२८५ नम्बरको भारतीय कारको पछाडिको भागमा बक्स बनाई लुकाइछिपाई राखेको सय एमएलको १० थान वानरेक्स लागुऔषध र गाडी नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका– ४ घर भएका २० वर्षीय राजेश्वर साह, पर्सा वीरगन्ज महानगरपालिका– १७ घर भएका ३५ वर्षीय अमरुलाहक अन्सारी र सोही स्थानका ३५ वर्षीय शेख फजिल रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
त्यस्तै निजगढ नगरपालिका– ८ बाट साइकल डोहो¥याउँदै आएका निजगढ नगरपालिका– ८ स्थित खैरघारीनिवासी २८ वर्षीय सरोज दोङबाट डाइजोपाम १५ थान, फेनारगन ११ थान, नोफिन १५ र सिरिन्ज ३ थान सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक धनश्याम श्रेष्ठले जानकारी गराए
पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको बारा प्रहरीले जनाएको छ।





