सिम्रौनगढमा प्रतिबन्धित लागूऔषध एम्पुल बरामद भरिया फरार

मुकेश कुमर मेहता, सिम्रौनगढ ।बाराको सिम्रौनगढको सतुवाही नाका बाट भारी मात्रामा प्रतिबन्धित लागू औषध एम्पुल प्रहरीले बरामद गरेको छ भने बरिया फरार भएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बिजय महतोको नेतृत्वमा गरेको प्रहरीको टोलिले भारत बिहारको घोडासाहन बाट सिम्रौनगढ तर्फ आइ रहेको ब्यक्तिले प्रहरीलाई हेरेर टाउकोमा रखेको कार्टुन फ्याकी भाग्न सफल भएको स्थानीयले जानकारी गराएको छ । उक्त कार्टुन लाई खोलेर चेकजाँच गर्दा १ हजार ५ सय लागू औषध एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रव्क्ता डीएसपी बिजयराज पण्डितले जनाएका छ्न ।
आफ्नो प्रतिक्रिया दिनुहोस