भरत बाबा बोडिङ्ग स्कुलको संचालक उपर कार्वाही को माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता ,

रामबाबु मेहता असार १६ ।
बाराको कलैया उपमहानगरपालिकामा सञ्चालित रहेको निजि बिधालय मध्ये नाम चलेका बिधालय जसको नामै काफी छ भनिन्नछ तर विभिन्न बहाना गरि अभिभावक सङ्ग रकम असुल्ने र समय मा सो रकम दिन न सक्दा बिधार्थिलाई कुटपिट गर्ने सम्मको हरकत गर्न बाट पनि पछि नहटने बिधालय हो भरतबाबा इन्गलिस बोर्डिङ्ग स्कुल जसको संचालक माथी कार्वाहीको मांग गर्दै जिल्ला प्रशासन कार्यलय बारामा एक जना अभिभावकले उजुरी पत्र दर्ता गराएको छ । बाराको देवताल गाउँपालिका वाडा नं ७ बस्ने हाल कलैया उपमहानगरपालिका ५ बस्दै आएको बर्ष ४० संजिव यादवका छोरा कक्षा १० मा अध्ययनरत बिबेक यादवलाई सो बिधालयमा कुटपिट गरिएकोले भरत बाबा बोर्डिङ्ग स्कुलको संचालक रबिन थापालाई आवशयक कार्वाहीको मांग गरिएको छ ।

बिधालयमा अध्ययनरत बिबेक यादव र कक्षा ९ मा अध्ययनरत काजल यादव संग मांसिक महिनामा चर्को शुल्क लिइ अन्य अभिभावक संग समेत मांसिक शुल्क र बार्षिक शुल्कको नाममा ठगी धन्दा चलाएको उजुरी पत्रमा उल्लेख गरेका छन । बिधालयले कक्षा १० मा अध्ययनरत बिद्यार्थी संग प्रत्येक महिना रु ५ हजार र बार्षिक शुल्कको नाममा ३ हजार गरि ८ हजार लिइएको संजिव यादवले बताए । बिद्यार्थीलाई कुटपिट गरिएको बिषयमा संचालकलाई कार्वाही गर्न निबेदकले जेष्ठ २३ गते नै उजुरी दर्ता गराएका छन । उजुरीको बोधार्थ छलफलका लागि दोषी देखिए कार्वाही गर्न जिल्ला प्रशासन कार्यलय बाराले कलैया उपमहानगरपालिकालाई जानकारी पठाएको छ । यता अर्का अभिभावकका अनुसार सो बिधालयमा पढने बिधर्थिहरुका लागि खाने पानि समेतको ब्यवस्था नरहेकोले आ आफना घर बाटै बिधार्थिहरुले पानि लग्न बाध्य हुन्छ । हुनत बाराको परिवेश लाई हेर्न हो भने बधिकांश निजि बिध्यालयले शिक्षाको नाममा ब्यपार नै गरेको अभिभावकहरु बताउछन , बिधालयले कमेशनको लालचमा प्रत्येक वर्ष नयाँ पाठय पुस्तक बदलने , बिधार्थिको पढाइ क्षमता भन्दा बढी किताब किन्न लगाउने , प्रत्येक वर्ष नमाङ्कन शुल्क उठाउने, कम्पूटर चार्ज, बिजुली चार्ज, परिक्षा शुल्क ४ पटक सम्म लिने , उनिहरुले नै तोकेको टेलरबाट पोशाक किन्ने लगायतका बिबिन्न नाममा पैशा गरेको देखिन्छ । शिक्षालाई स्थानिय सरकारको जिम्मा लगायदा अझ लुटतन्त्र सुरु भएको अर्का अभिभाकक बताउछन् । हुनत सरोकार वालाहरुले सामुदायिक बिधालयमा सधै अनुगमन गर्ने गर्दछन सुझाव,सल्लाहदिनु का साथै कार्वाही समेत गर्नु हुन्छ तर यस्ता निजि बिधालयहरुलाई कार्वाही गरेको बारामा कुनै उदहाण देखिदैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close