कलैयाको भतौडामा मन्दिरको उदघाटन र शक्ति गढीमाईको मुर्तमा प्राण प्रतिष्ठ सम्पन्न

कलैया , बारको कलैया उपमहानगरपालिका-२३ भतौडामा पर्ने कलैया – विरगंज सडक खण्ड छेउमै गढीमाई मन्दिरको उदघाटनसँगेै गढीमाईको मुर्ती स्थापना गरि धार्मिक विधिपुर्वक पुजा गरि आज स्थापित मुर्तिमा प्राण प्रतिष्ठा गरिएको छ

बिहीबार  विहान फेटा गाँउपालिका -१ स्थित तिरबेनी संगमबाट जल भर्न सयौं कुमारी कन्या सहित महिला पुरुष पाँच सय भन्दा बढी भक्तजनहरुले गाडी घोडा रथ र बाजागाजा सहित जल भर्न कलश यात्रा निकालेका थिए। भक्तजनहरुले श्रद्धाुपुर्वक तिरवेनीबाट कलशमा भरि ल्याएको जलबाट पुजाआजा गरि माताको मुर्तिमा अर्पण गरेका समाजसेवी युवा नेता धिरेन्द्र प्रसाद यादवले बताए।

एक सय वर्ष बन्दा बढी उमेर भएका बाबा रामकिसुन दास बैरागी महन्थको रुपमा रहेका शक्तिपिठ गढिमाई मन्दिरको लागि
श्री राउत अहिरको सहयोगले सुन्दर भव्य पशुपतिनाथको मन्दिरको आकृतिमा चिटिक मन्दिर सहित साना ठुला विभिन्न देवी देवताका मन्दिर र मुर्ति स्थापनार्थ कम्पाउण्डवाल सहित मन्दिरको जिर्णोद्धार सँगै नयाँ मन्दिर निर्माणमा कुल लागत २६ लाख ७५ हजार लागेको बताईएको छ।

गणेश, गढीमाई, तारा, एकजटा, मिन सरस्वती, हनुमान, काल भैरवको लगायत देवि देवताको मुर्ती स्थापनासँगै प्राण प्रतिष्ठा सम्पन्न भएको हो। यो मन्दिरको स्थापना २०५५ साल भदौ ६ गते स्थापना भएदेखि जिर्ण अवस्थामै प्रत्येक वर्ष मंसिर महिनाको पुर्णिमाका दिन मेला लाग्ने गरेको छ। उक्त मेलामा पशु बली दिने परम्परा रहेको छ। वलिको रुपमा बोका ,परेवा र राङाको वलि दिईने गरेको स्थानियले बताएका छन्।

धार्मिक आस्थाको रुपमा रहेका मन्दिर स्थल पञ्चमुखि भनिने पाँच वटा पिपलको विशाल रुख एकै थलोमा सँगै फचासौ वर्ष देखि रहेकोमा भाकल पुरा हुने गरेको धार्मिक जनविशवास रहिआएको उक्त मन्दिरका पुजारी विशेश्ववराउत अहिरले बताए। मुर्तिमा विधिवत स्थापना तथा प्राण प्रतिष्ठा धिरेन्द्र यादवको आमा वुवाद्धारा गरिएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close