बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा कलैया मा कोणसभा

कलैया । नेपाल पत्रकार महासङ्घको ३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सदरमुकाम कलैयामा निकालिएको प्रभात फेरी र कोण सभा गरी सम्पन्न भयो। पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा भएको कोणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी केन्द्रीय सदस्य सिकेन्द्र पासवान प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरव, नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतम। प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहता लगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य साजिर मनसुर संजीव मिश्र ब्रिजमोहन कुशवाह श्रमजीवी पत्रकार संघका अध्यक्ष शिवशंकर मिश्रा, मेची महाकाली सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई, प्रेसिडेन्ट बाराका सचिव राजेश कुशवाहा, कोषाध्यक्ष अरुण शाह लगायतको सहभागिता रहेको थियो।






