यातायात ब्यवस्था कार्यालय बारामा कर्यालय कमेशनको चलखेल सुरु

अरुण कुशवाहा ,बारा
साउन २
यातायात ब्यवस्था कार्यालय बारामा बिगत केही महिना देखि सवारी चालक अनुमतिपत्रमा कमेशनको चलखेल सुरु भएको पाइएको छ ।स्थपना कालदेखि २–३ महिना एक दमै नियम संगत सन्चालन भएको पाइएको थियोे तर पछिलो समय संघीय तथा प्रदेश सरकारको परिवर्तनको कारण यातायात ब्यवस्था कार्यालय बारामा कर्यालय प्रमुख महमद नवाज हुसैन सवारी चालक अनुमतिपत्रामा कमेशनको चलखेल सुरु गरेको खुल्लासा भएको छ ।
जसरि पनि पैसा कमाउने उदेश्य बोकेका हुसैनले बिचौलिया मार्फत पैसा कमाउने सुरु गरेको रहस्य बाहिरिएको छ । बारा तथा पर्साका केही सञ्चारकर्मीको समेत मिलोमतोमा भ्रष्टाचार सुरु भएको बुझिएको छ । हुसैनले केही सञ्चारकर्मीलाई आपनो प्रभावमा पारेका छन् भने केहीलाई आफनो कार्यालयको समाचार सम्प्रेषण हुन नदिने नियतले सन्चारकर्मी लाई ट्रायलको समयमा ट्रायल सेन्टर भित्र पस्न दिदैनन् ।
आपनो कमि कमजोरी उजागर हुने डरले ट्रायल सेन्टरमा केही स्थानीय बाउन्सर समेत परिचालन गराएका छ्न।
सवारी चालक अनुमतिपत्रको परिक्षा फेल भएकालाई समेत पास गराउन को लागि मोटर साइकल ,स्कुटि, इरिक्सा को रु दस हजार ,कार ,ट्राकटर को रु २०००० प्रती ब्यक्ती बिचौलिया मार्फत लिदै आइरहेका छ्न। बिचौलियाहरुले पनि आफ्नो रोजीरोटीको लागि केही रकम थप गरि प्रती ब्यक्ती मोटर साइकल ,स्कुटि, इरिक्सा को रु १५ हजार ,कार ,ट्राकटर को रु २५हजार तथा ठुला सवारी मा रु ४० हजार समेत माग्ने गरेका छ्न।
यातायात ब्यवस्था कार्यालयमा छिर्ने बितिकै बिचौलियाहरुको सोधपुछ सुरु हुन्छ के काम हो , दिनुस म गराइ दिन्छु । यातायात ब्यवस्था कार्यालयको ट्रायल सेन्टरमा परिक्षा संचालित भएको दिन बिचौलियाहरुले लिखित परिक्षामा पैसा लिएको परिक्षातिलाई १० वटा प्रश्नमा चिन्ह लगाउने अनि बाकी रहेको प्रस्न छोडिदेने भन्ने गरेका छ्न।
ट्रायल सेन्टरमा परिक्षा संचालित भएको ट्रायलमा फेल भएका परिक्षार्थिको प्रवेश पत्र समेत आफै लिने गरेका छ्न। फेल हुने परिक्षातिको प्रवेश पत्र आफै लिने अनि बिचौलियाहरु मार्फत आएको नामले प्रवेश पत्र हेरि पास गर्ने गरेका छ्न। पास भएका परिक्षातिलाई ७ दिन पछी रसिद कटाउने अनि फेल भएकालाई १५ दिन पछि रसिद कटाउने भन्ने गरेका छ्न। ट्रायल भएको मिति बाट १५ दिन भित्रमा ट्रायल लिने समितीले पास गेर्ने निर्णय गर्ने गरेका छ्न।






