बारामा १२२ केजी लागु औषधगाँजासहित दुई जना पक्राउ

रामाबाबु मेहता,२७ जेष्ठ
बारा,२७जेष्ठःबारामा प्रहरीले आज ठूलो मात्रामा लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कारका चालक चितवनको राप्ती नगरपालिका–१० रिकाटारका २५ बर्षिय मान बहादुर वाइबाा र कारमा सवार मकवानपुरको राक्सीराङ गाँउपालिका–५ का २६ बर्षिय सुमन स्याङताङ रहेका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा बा १० च ३६१९ नम्बरको कारबाट प्रहरीले ८० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
मकवानपुरको मनहरीबाट बाराको पथलैयातर्फ आँउदै गरेको उक्त कार अमलेखगञ्जमा प्रहरीले चेकजाँच गर्र्दा कारको पछाडी पट्रटी रहेको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा ८० केजी गाँजा बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
यस्तै बाराको सिम्रैनगढ नगरपालिका–१ हनुमान चोकबाटपनि प्रहरीले १० केजी गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको छ । सिम्रौनगढको नयका टोलबाट भाारततर्फ जाँदै गरेको बीरआर ०५ सी ७०५४ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा त्यसका चालक गाँजासहितको मोटरसाइकल छाडेर फरार भएको र उक्त मोटरसाइकलमा लोड रहेको १० केजी गाँजा बरामद गरिएको न्यौपानेले बताए ।
यस्तै बाराकै पथलैयाबाट प्रहरीले गाँजा लोड रहेको अर्को एउटा मोटरसाइकलपनि बरामद गरेको छ । प्रहरीले ३२ केजी गाँजा लोड रहेको प्र।०३–००२प ५८५४ नम्बरको बरामद गरेको हो ।प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडाबाट पथलैयातर्फ आउदै गरेको उक्त मोटरसाइकल रोक्न खोज्दा त्यसका चालकपनि गाँजासहितको मोटरसाइकल छाडेर फरार भएका थिए । उक्त मोटरसाइकलको सिटमा बाँधेर राखेको झोला चेकजाँच गर्दा ३२ केजी गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।






