मधेसको मुख्यमन्त्री पाएमात्र नयाँ सरकारमा जाने जनमत पार्टीको शर्त

काठमाडौं,२१फागुनः नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले मधेसको मुख्यमन्त्री पाउनुपर्ने शर्त राखेको छ ।सोमबार दिउँसो बसेको जनमत पार्टीको सचिवालय बैठकले.मधेस प्रदेशको मुख्यमन्त्री पाएमात्र नयाँ सत्ता गठबन्धन र सरकारमा जाने निर्णय गरेको हो ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि सोमबार जनमत पार्टीको सचिवालय बैठक बसेको थियो ।
बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेस प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।‘हामीलाई विगत एक वर्षमा मधेशमा पनि सही मूल्याकंन भएको छैन र संघमा पनि राम्रो समन्वय गरिएको छैन’, पार्टी सचिव बीपी साहले भने, ‘यस्तो बेला कुरा गरेर मात्रै निर्णय लिने भएका छौं ।’
आफ्नो प्रतिक्रिया दिनुहोस






