बाराको सिम्रौनगढमा मुआब्जा संघर्ष समितिद्धारा प्रदर्शन

 

सिम्रौनगढ – तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले शुक्रवार जुलुस निकालेर प्रदर्शन गरेको छ । बाराको सिम्रौनगढ बसपार्कबाट निस्किएको जुलुसले नगर परिक्रमा गर्दै पुन बसपार्कमा आएर कोण सभामा परिणत भएको थियो । जुलुसमा सहभागिहरुले बाटोको मुआब्जा ब्याजसहित दिलाई देउ, अर्थमन्त्री मुर्दावाद, हाम्रो माग पूरा गर, सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

 
तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष अनवर अन्सारीको अध्यक्षतामा भएको कोण सभामा समितिका सचिव रामानन्द चौधरी, ढुन्ढीराज उप्रेती, महेन्द्र जयसवाल, मनेजर चौधरी, जगदेव चौधरी, रामबाबु साह तेली लगायतले मुआब्जाको माग गर्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

तामागढी सिम्रौनगढ सडकमा ७० बिघा जग्गा परेको र एक हजार ५ सय किसान मुआब्जा पिडित रहेको समितीका सचिव रामानन्द चौधरीले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close