नेकपा माओवादी केन्द्र बाराद्वारा प्रधानाध्यापक स्वर्णकारको हत्यारालाई कार्वाहीको माग

नेपाल कम्यु्निष्ट माओवादी केन्द्र बाराले बाल एकता बोडिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याकाण्डको छानविन गरि सत्यतथ्य पत्ता लगाई अपराधीलाई कार्वाही गर्नुपर्ने माग गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्र बाराले कात्तिक १३ गते स्वर्णकारको कायरतापूर्ण ढंगले दिउँसै गोली हानी हत्या गरिएको भन्दै उक्त घटनाप्रति घोर भत्सर्ना गरेको जनाएको छ । नेकपा माओवादी केन्द्रका बारा जिल्ला अभियान संयोजक प्रल्हाद बुढाथोकीले यथाशिघ्र घटनाको सत्यतथ्य छानविन गरि अपराधीलाई कडा कार्वाही गर्न माग गर्नुभएको छ ।
विज्ञप्तीमार्फत मृतक स्वर्णकारप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरिएको छ । दिनदहाडै व्यस्त ठाउँमा मोटरसाइकलमा आएर गोली प्रहार गरि हत्या भएको घटनाले जिल्लाको शान्तिसुरक्षा र अमनचयनमा समेत गम्भिर चुनौती देखा परेको माओवादी केन्द्रको ठहर छ ।

घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कानुनी दायरामा ल्याउन नेकपा माओवादी केन्द्र बारा जिल्ला पार्टीले जोडदार माग गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close