मधेशमा आमसंचार नीति सम्बन्धि अन्तरक्रिया
रौतहट, ३० भदौं – मधेशमा आमसंचार नीति कस्तो हुनु पर्दछ भन्ने उद्देश्यका साथ रौतहटको चन्द्रपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
द एसिया फाउन्डेसनद्वारा चन्द्रपुरको गौतम होटलमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा रौतहट र सर्लाहीका संचार क्षेत्रमा कार्यरत संचारकर्मीहरुको उपस्थिति रहेको हो ।
अन्तरक्रियामा कार्यक्रम संयोजक रोशन झाले सिभिल सोसाइटी र मिडियाको भुमिका बिषयमा प्रकाश पारे । मिडिया काउन्सिलको कार्यबाहक अध्यक्ष कैलाश दासले मधेश सरकारले ल्याएको संचार एनमा निकै त्रुटीहरु रहेको हुदा लक्ष्य अनुसारको प्रतिफल पाउन सकेको छैनन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्णले मधेशमा संचार माध्यम र संचारकर्मीको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुति गरेका थिए ।
आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेकपा एसका नेता तथा प्रदेश साँसद कनिष्ठ पटेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, एसिया फाउन्डेसनका संचार अधिकृत आशा थापा र रबिना लुईटेल सहितको सहभागिता रहेको थियो।
स्मरणीय छ, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेश कर्णको सेशनलाई सर्लाहीका संचारकर्मीले बहिष्कार गरेका छन् ।






