रिपोर्टिङ गर्न पुगेका पत्रकार यादबलाई धम्कि दिने योगशिलाका होस्पीटलका संचालक साह पक्राउ

कलैया । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा रिपोर्टिङ गर्न पुगेका साझेदारी राष्ट्रिय दैनिकका संवाददाता संदिप प्रसाद यादवलाई दुव्र्यवहार गरि धम्कि दिने योगशिला हस्पिटल प्रा.लि का संचालक पवन गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -६ हस्पिटल रोडमा संचालित योगशिला हस्पिटलमा मुख्यमन्त्री सिंहले शनिबार अनुगमन तथा छडके गर्ने क्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवलाई संचालक गुप्ताले मार्ने सम्मको दिएको पत्रकार यादवले बताए ।

पत्रकार यादवले सडकबाट उक्त हस्पिटलको फोटो खिच्ने क्रममा संचालक गुप्ता र डाक्टर सुमन प्रसाद साहले उनको मोबाइल नियन्त्रणमा लिदै उक्त फोटो डिलेट गराउन लगाउदै प्रेस कार्ड खोसी दुव्र्यवहार गर्दै धम्की दिएको हो म

आफुलाइ हस्पिटलको प्राङ्गणमा घेरेर राखी सर्वसाधारणको अगाडि विभिन्न असलील शब्द पनि प्रयोग गर्दै गालीगलैंच समेत गरेका थिए । हस्पिटलका सन्चालक र डाक्टर सुमन प्रसाद साह समेतले दुव्र्यवहार गरेको पत्रकार यादवले दुखेसो पोखेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त हस्पिटलका संचालक गुप्तालाई नियन्त्रणमा लिएको छ । भने डाक्टर सुमन प्रसाद गुप्ता फरार रहेका छ्न उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक सन्तोष तामाङले जनाएका छ्न म

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close