बारामा किर्ते जग्गा धनी पुर्जा बनाई जग्गा किनबेच गर्न गएका ४ जना पक्राउ

रामबाबु मेहता,
बारामा किर्ते जग्गाधनी पुर्जा बनाई जग्गा किनबेच गर्न गएका ४ जनालाई आर्दश कोतवाल गाउँपालिकाका स्थानियहरुले पक्राउ गरि प्रहरीको जिम्मा लगाएको छ ।
पक्राउ पर्नेमा बाराको बरैनिया ७ बस्ने छोटेलाल साह, काठमाडौं म.न.पा. ३ बस्ने सरोज अधिकारी ,मकवानपुर जिल्ला हेठौडा उपमहानगर पालिका २ बस्ने दिल बहादुर कार्की र हेठौडा उपमहानगर पालिका १७ बस्ने बस्नत धिमिरे न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
आदर्शकोतवाल गाँउपालिकाको स्थानिय ब्यक्तिहरुको नाममा रहेको साबिक किता नं ४१,४२ र ४३ कोे नमरी भोग चलन गर्दै आएको जग्गाको पुर्जा २०३८ जेठ २१ गतेमा आर्दश कोतवाल वाडा नं ५ बस्ने इद्रीस देवान ,जयमंगल प्रसाद साह, माया देबी साह कानु,मुद्रिका राउत अहिर,रामचन्द्र प्रसाद यादव,लक्ष्मी महतो धानुक यस्तै महेन्द्र प्रसाद यादव, र राजेन्द्र महतो धानुकको नाममा किता काट भई नामसारी भएको पुरानो जग्गाधनी पुर्जामा उल्लेख रहेको छ भने ।

सोही नक्सा र कित्ताको २०७४ सालमा किर्ते जग्गा धनी प्रमाण पुर्जा त्यार गरी बारा जिल्लाको साविक पुरैनिया वाडा नं ९ बस्ने तबारक अलि मियाँले किनबेच गर्न किर्ते कागजात सहित आफनो मान्छे पठाएकोमा भोगचलन गर्दै आएका स्थानियहरुले उक्राउ गरि इलाका प्रहरी कार्यालय चिउटाहाको जिम्मा लगाएको छ । पक्राउ परेकाहरु सहित तबारक अलि मियाँ उपर सरकारी कागजात किर्ते गरेको भन्दै किटानी उजुरी जिल्ला प्रहरी कार्यालय बारामा दार्ता गराएको इद्रीस देवानले जानकारी गराएको छ । उक्त उजुरी उपर छानबीन तथा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । यस्री सरकारी कागजात किर्ते गरेको प्रमाण्ति भएमा मुलुकी ऐन २०७४ को दफा २७६ को उप दफा बामेजिम सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई सात वर्ष कैद र सतरी हजार रुपैया सम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।





