किशोरको झोला बाट २१ लाख ८७ हजार बरामद

काठमाडौँ । विराटनगरबाट प्रहरीले एक किशोरको साथबाट ठुलो परिमाणमा अवैध हुण्डिको रकम बरामद गरेको छ । विराटनगर महानगरपालिका–६ बाट श्रोत नखुलेको हुण्डीको रकम सहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक हेमराज ओलीले जामकारी गराए ।
किशोरले बोकेको झोलाबाट प्रहरीले २१ लाख ८७ हजार रुपैयाँ नगद बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नगद बरामद गरेको हो । घटनाबारे मोरङ प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






