भोलि कार्तिक १४ गते मंगलबार जिल्लाको सम्पूर्ण विद्यालय, उधोग तथा व्यपार बन्द गर्न एन प्याब्सन बाराको अपिल

मुख्य योजनाकार एक महीला पक्राउ

कलैया – कार्तिक १३गते । एन प्याब्सन बाराले जिल्ला सदरमुकाम कलैयामा दिनको १२:०० बजे नेसनल प्याबसनका वरिष्ठ जिल्ला उपाध्यक्ष विद्यालय एवम् बाल एकता +२ बोर्डिङ्ग स्कूल कलैया ६ बाराका संस्थापक रुपेश कुमार सर्राफ लाई अपराधिक समूहले ज्ञान सरोबर बोर्डिङ्ग तथा श्री ने. रा. मा. वि. (मदर्शा) स्कूलको विच रोडमा दिन दहाडैं गोली प्रहार गरी निर्मम हत्या गरेको घटनाप्रति घोर विरोध एवम् भर्तषणा गर्दै दोषीलाई अभिलम्ब कडाभन्दा कडा कारवाही गर्न माँग गरेको जिल्ला अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहा द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति हार्दिक सम्बेदना प्रकट गर्दै मृत आत्माको चीर शान्तीको कामना गरिएको छ । एन प्याब्सन बाराले यस्तो सेवा मुलक व्यवसायमार्फत राष्ट्र सेवा गरिरहेका हामी समस्त विद्यालय संचालकहरु अत्यन्तै असुरक्षीत महसुस गरिरहेको उल्लेख गरेको छ । तसर्थ भोलि कार्तिक १४ गते मंगलबारका दिन विरोध स्वरुप जिल्ला भरीका सम्पूर्ण विद्यालयहरु, उधोग तथा व्यपार बन्द गरी समर्थन गर्न सम्पूर्ण जिल्ला बासिमा एन प्याब्सन बाराले हार्दिक अपिल समेत गरेको छ ।
दोषी उपर अभिलम्ब कारवाहीको प्रकृया अगाडी नबढाईए हामी २४ घण्टा भित्रै चरणबद्ध रुपमा थप कडा आन्दोलनका कार्यक्रमहरु ल्याउन समेत बिज्ञप्तिमा जनाईएको छ । यस्तै घटनाको दोषीलाई पक्राउ गरि सार्वजनिक गरेर कानुन बमोजिम कडा कार्वाहीको माग गर्दै स्थानीय युवाहरूले कलैयाको भतर चौकमा टायर बाली प्रहरी प्रशासन मुर्दावाद दोषीलाई पक्राउ गरौ भन्दै प्रदर्शन गरेका छ्न,। यता बारा प्रहरीका अनुसार हत्याको योजना बनाउने मुख्य योजनाकार एक महिला लाई पक्राउ गरेको गरेको बाराला प्रहरी प्रमुख एसपी सुरेस प्रसद काफ्ले ले जनाएका छ्न तर हाल सम्म सर्वजनिक गरेको छैन । एसपी लाफ्लेका अनुसार घटनाको ९० प्रतिशत अनुसन्धान भइसकेको छ । सीसीटीभीको सहाराले अनुसन्धानमा सहयोग मिल्यो । हत्यामा संलग्नले चलाएको नेपाली नम्बर प्लेटको बाइकको समेत पहिचान भइसकेको छ,’ उनले भने, ‘भोलिसम्म घटनाको पूरै कारण खुल्छ । बारामा लगातार ३ जनाको हत्या भएको छ । २०८० साल असोज ८ गते पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती निवासी ३५ वर्षीय अमरेश कुमार सिंह र सोही नगरपालिका वडा नम्बर ६ लक्षमिनियाको पोखरीको डिलमा भारत बिहार निवासी २२ वर्षीय अजित कुमार सिहलाई असोज ९ गते गोली हानी हत्या गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close