५९ लाखको मालसामान बरामद

रामबाबु मेहता- बारा प्रहरीले गाडी चेकजाँचको क्रममा भारी मात्रामा अबैध सामान सहित एक ट्रक पक्राउ गरेको छ । गरेको छ को सम्बन्धमा”
जितपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.३.ख.५६७२ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढी श्रोत खुलाउन नसकेको ५९ लाख १२ हजार सात सय सत्र रूपैया बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जनाउनु भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस





