संगठन बिस्तारको साथै लक्ष्य समाजवाद तर्फ उन्मुख हुनुपर्ने – समाजवादी केन्द्रिय सचीव चौधरी

कलैया असोज ८ ।
नेकपा एकीकृत समाजवादिका केन्द्रिय सचीव नागेन्द्र चौधरीले पार्टी निकट रहेको भातृ संगठनको बिस्तारको साथै लक्ष्य समाजवाद तर्फ उन्मुख हुनुपर्ने बताउनु भएको छ । मुस्लिम इतेहाद संगठन नेपाल बाराको बृहत् जिल्ला भेलालाई प्रमुख अतिथिको आसन बाट सभालाइ सम्बोधन गर्दै चौधरीले समाजवादको लक्ष्य प्राप्तिको लागि सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो । नेकपा एमालेको अध्यक्ष केपी ओलिको तानाशाह हैकमवादी शैलीलाई तोडदै पार्टी बिभाजन गरि एकीकृत समाजवादी पार्टिको गठन गर्नु भएको बताउनु भयो । पुर्व प्रधानमन्त्री माधव नेपालले गरेको शाहसी कदमलाई सबैले स्वागत गरि अब पार्टिलाई समाजवाद तर्फ उन्मुख गरिएको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै पुर्व श्रममन्त्री किसान श्रेष्ठले मुस्लिम इतेहाद संगठन नेपालको हक अधिकारको लागि पार्टिले सक्दो सहयोग गर्दै आएको बताउनु भयो । मुस्लिम जातिको समृधी तथा हामी बिचको भाईचाराको सम्बन्ध प्रगाढ रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । समाजवादीको केन्द्रिय सद्स्य समेत रहेका श्रेष्ठले आफू पांच दलिय गठबन्धन बाट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको लागि चुनावी तयारीमा रहेको बताउनु भयो ।

मुस्लिम ईतेहाद संग, नेपालको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्न पुर्व प्रधानमन्त्री माधव नेपाल आउने कार्यक्रम निर्धारण भएपनि पाँच दलिय गठबन्धनको एक्कासि काठमाडौमा बैठकमा जानुपर्ने भएको कारण नेपाल रौतहटको बौधिमाईमा आयोजित कार्यक्रममा सहभागी भैइ काठमाडौ प्रस्थान गर्नु भएको थियो । मुस्लिम इतेहाद संगठन नेपाल बाराको अध्यक्ष फुलमहमद मिंयाको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादिका जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्मा ,बारा सह ईन्चार्ज श्रीप्रसाद पासवान , संबिधान सभा सद्स्य बिभा कार्की ,केन्द्रिय सद्स्य चमिना भट्टराई , इतेहाद संगठन नेपालको केन्द्रिय अध्यक्ष ताज मिया अंसारी , महासचिव उस्मान अंसारी ,मधेस प्रदेश अध्यक्ष मोहमद कलिमुल्लाह ,केन्द्रिय सचीव गुलाम सरबर लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । जिल्ला बृहत् भेलामा मुस्लिम धर्मावलम्बी लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जावेद अंसारिले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close